
३ साउन । गत आइतवार ४ बजेतिर अफिसबाट फर्किएकी सिर्जना बस्नेत सोमवार विहान आफै बसेको घरमुनी अर्धनग्न अवस्थामा फेला परिन् । आफ्नै डेरा मुन्तिर अर्धनग्न अवस्थामा फेला परेकी सिर्जनालाई मर्निङवाकमा हिड्नेले पहिलो पटक देखे ।
उनको शव घरमुनी लडिरहेको थियो, गाउँभरमा धेरैले थाहा पाइसकेका थिए । तर, सिर्जनाको परिवारले थाहा पाएको थिएन ।उनकी आमा सबेरै उठेर बाहिर हेर्दा मान्छे जम्मा भएको देखेपनि अन्य दिन सरह हिडडुल गर्नेहरु होलान भन्ने लागेर फेरि ढल्किइन् ।
आमाले भनिन्, गाउँलेले हल्ला गर्दै, तिम्रो छोरी भुइमा छिन भन्दा मात्रै आफु आत्तिएर तल पुगेछु । त्यसपछि छोरोलाई उठाए ।अर्जुनधारा –११ घर भई बिर्तामोड –५ स्थित सुगम पेट्रोल पम्प उत्तर परिवारसँग बस्दै आएकी सिर्जनाको रहस्यमय मृत्यू भएको पाँच दिन भइसकेको छ ।
पीडामा रहेको परिवारले न्यायको अपेक्षा गर्दै काजक्रिया गरिरहेको छ । साँझमा राम्रैसँग बनाईतुल्याई खाएर सुतेको परिवारमा कसरी बज्रपात आइप¥यो रु प्रहरीले अवश्य पत्ता लगाउँला । अवेरसम्म आमासँगै दोस्रो तलमा गफ गरेर बसेकी सिर्जनालाई आमाले नै ९ बजेतिर सुत्न पठाएकी थिइन् ।
आमाले भनिन्, आमा छोरी धेरै बेरसम्म बसिम् । मैले नै सुत्न जा भन्दै उसको कोठा पठाएको थिए । लामो समयदेखी बिर्तामोडमा सहकारीमा संकलकको रुपमा कार्यरत सिर्जना भद्र र शालिन व्यवहारकी थिइन् । उनले आत्महत्या गरिन् भन्दा कसैले पत्याउने अवस्था छैन । यदि त्यस्तो कसैले भन्छ भने, त्यो झुट हुनेछ ।
काजक्रियामा बसेकी आमाको आखाँ अझै छोरी आउने बाटोतिरै छ । हरेक दिन ३ देखी ४ बजेभित्र छोरी अफिसबाट घर फर्किन्थी, सधैं प्यासेजबाट छोरीलाई पर्खिरहेको हुन्थे, आमा भन्छिन् – अब मेरो छोरी कहिले आउँदिन ।
आइतवारका दिन घर आएपछि सिर्जनाले कटर किनेकी थिइन् । उनलाई कटर धेरै मनपर्ने । आमाका अनुसार सोमवार छुट्टि हुने भएकाले दिनभरी कटर खाँदै बस्ने योजना सिर्जनाको थियो । त्यहि दिन एक जोर कुर्था सुरुवाल पनि किनेर ल्याएकी थिइन्, सिर्जनाले । उनले नत कटर खान पाइन, नत कुर्था नै लगाउन पाइन् ।
बेलुका मासु ल्याएर रोस्ट बनाएर परिवारसँगै बसेर खाएकी सिर्जना विहान आफ्नो ओच्छ्यानमा थिनन् । अर्धनग्न अवस्थामा घरमुनी उनलाई भेटियो ।फेला परेको शव हेर्दा आत्महत्या गरे जस्तो देखिदैन । चौथो तलामा बस्ने सिर्जना यदि हाम् नै फालेली थिइन् भने उनको शरिर त्यति सग्लो हुने थिएन । फेरि, कसैले मुन्तीर ल्यायो कि भन्दा सबै तलाका ढोकामा लक गरिएको थियो ।
प्रहरीको तालिम प्राप्त कुकुरलाई घटनास्थलमा ल्याउँदा कुकुर घरमाथि सम्म नै गएको छ । यदि सिर्जना माथिबाटै हाम् फालेकी हुन् भने कुकुर कसरी सिढिबाट सुग्दै–सुग्दै माथिसम्म गयो रु यो गम्भीर छ ।बोकेर वा घिसारेर तल झारेर राखे जस्तो देखिने उनको शरिरमाथि कसैले अपराध त गरेन रु
झापा प्रहरीले पाँच दिनको अन्तरालमा अहिलेसम्म सामान्य विवरण समेत बाहिर ल्याएको छैन । यसले घटना गम्भीर हुन सक्ने अनुमान लगाउन सकिन्छ ।प्रहरीका अनुसार पोष्टमार्टम रिपोट आइसकेकोछ, युवतीले लगाएको चप्पल र मोवाइल आवश्यक जाँचका लागि काठमाडौं पठाइएको छ । यो समाचार झापाबाट प्रकाशन हुने दैनिक पत्रिका इजलास दैनिकले उत्पादन गरेको हो ।