वर्षाको पानीले घर नै डुवानमा परेपछि सडकमा बस्न बाध्य


३ साउन । जलेश्वर देखि सम्सी हुदै हर्दीसम्म पुग्ने हुलाकी सडक कै सम्सी गाउपालिका ५ पोखरभिण्डा खण्डमा एक परिवार पालको सहारामा वसेको भेटिए ।

सडक छेउमै पाल टांगेर खाना पकाउदै गरेकि जयकुमारी र उनकी वुहारीहरु सहित भेटिएकि हुन । छेउमै माइला छोरा बसेका थिए । सडकमै वास र सडककै छेउमा करिव तिन चार फिट जमेको पानीको विचमा देखिएको दुई थान कच्ची घरले उनीहरुको व्यथा बताईरहेको थियो । झनै उनीहरु खाना पकाईरहेको वेला सानो झरी समेत परिरहदा उनको दुःख र पिडा वखान गर्न नै सक्ने अवस्थाको थिएन ।

गरिवी र बाध्यताले जेलिएका उनको परिवारको उद्धार गर्न भने पहल कसैले नगरेको उनको पहिलो गुनासो थियो । सडक मै दैनिक सयौ सवारी साधन गुडिरहदा उनको दुःख वारे सोधिदिने समेत नहुदा उनीहरु मानवता नै हराएको आभाष भएको बताउछन ।जयकुमारी आफ्ना श्रीमान नारायण मल्लिक डुम र छोरा,बुहारी र नातीसंगै सडकमा विगत करिव एक महिना देखि पाल टांगेर वसेकि हुन ।

पोखरभिण्डा स्थित मन्दिरको जग्गामा घर बनाएर वसेको मल्लिक दम्पती वर्षाको पानीले घर नै डुवानमा परेपछि सडकमा बस्न बाध्य हुनु परेको हो ।यता मल्लिक परिवारको सडकमै खाना बनाउने देखि सुत्नेसम्मको बाध्यता हुदा समेत उनीहरुको उद्धारको लागि कुनै पहल हुन नसकेको पिडित जयकुमारी बताउछिन । उनी बुहारी गर्भवति रहेपनि वासकै अभावमा वुहारीलाई सडकमै राख्नु पर्दाको पिडा अथाह रहेको बताउछिन ।

प्रहरी आएर नाम नै टिपेर लगेको र राहत पाउने आश्वासन दिएपनि राहत कहिले पाउने,वास कहिले सर्ने लगायतकोे प्रश्नको जवाफ उनले पाउन सकेकि छैनन ।

जनप्रतिनिधीहरुले हालसम्म हालखवर समेत सोध्न नआएको भन्दै जयकुमारीले गुनासो गरिन । उनी वर्षाको पानीको निकास नहुदा घरमै करिव तिन देखि चारफिट पानी जमेकोले वस्नै नसकेर सडकको सहारा लिनु परेको उनी वताउछिन ।मल्लिक दम्पती सहित जिल्ला भरि वर्षाले घर भित्रै पानी पसी घर नै ध्वस्त हुने अवस्था भई विस्थापित हुनु परेको परिवारलाई तत्काल उद्धार र राहतको आवश्यक्ता रहेको छ । यता अधिकांशको घर नै डुवानमा पर्नुमा मुख्य भुमिका भने घर होचो र नाला विनाको सडक नै रहेको पिडितहरुको गुनासो छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको