प्रदेश २ को मन्त्रिपरिषद् आज विस्तार हुँदै,


२ साउन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ ।

महोत्तरी क्षेत्र नम्बर  को ‘ख’ बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कर्णले शनिबार शपथ लिने माओवादी केन्द्र संसदीय दलका सचेतक दिलीपकुमार साहले जानकारी दिए ।

स्रोतका अनुसार माओवादीबाट मन्त्री बन्न लागेका साहले अर्थ वा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् । यी दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह०का मन्त्री छन् ।

प्रदेश २ सरकारमा नेपाली कांग्रेस यसअघि नै सहभागी भैसकेको छ । उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाएर कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याएको हो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको