१ साउन । दाद एक सरुवा रोग हो र यो एक ब्याक्ती बाट आर्को ब्याक्तीमा सजिलो सङ सर्दछ । सङ्क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट पनि सर्दछ । केवल छालाको स्पर्शबाट मात्र नभएर यो रोग साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ । सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुश्किल पर्दछ र समय लाग्न सक्दछ । यसलाई निको पार्ने मेडिकल क्रिम तथा अन्य औषधीहरू पनि पाइन्छन्, जुन डाक्टरको परामर्श बिनानै अपनाउन सकिन्छ । तर कुनै पनि रसायनिक औषधी अपनाउनुभन्दा पहिले घरेलु उपाय नै अपनाउनु उचित हुन्छ ।
यस्को सङ्क्रमित व्यक्तिले विशेष रुपमा ध्यान दिनुपर्ने कुराहरू स् १० आफ्नो छालालाई सँधै सफा र सुक्खा राख्नुपर्दछ। धेरैदिनसम्म एउटै मोजा, अन्डरवेयर, गञ्जी लगाइराख्नुहुँदैन । २० कसिलो लुगा लगाउनुहुँदैन । दाद आएको भागमा हावा छिर्ने गरी लुगा लगाउनुपर्दछ । ३० नुहाइसकेपछि पुरै शरीरलाई राम्रोसँग पुछ्नुपर्दछ। काखी, गु’प्ताङ्ग, औँलाका काँपा, कान र घाँटीमा भएको पानीलाई पनि राम्रोसँग पुछ्नुपर्दछ । सफा कपडाले पुछ्ने बित्तीकै कहिल्यै पनि कपडा लगाइहाल्नुहुँदैन । पहिला हावाले सुक्न दिनुपर्छ अनि बल्ल सफा, खुकुलो लुगा लगाउनुपर्दछ ।
४० अरू कसैसँग आफ्नो व्यक्तिगत लत्ताकपडा, तौलिया, जुत्ता वा रुमाल सेयर गर्नुहुँदैन । लुगा धुँदा तातो पानी र एण्टिफङ्गस साबुनको प्रयोग गर्नुपर्दछ । ५० यदि घरमा कुकुर तथा बिरालो जस्ता घरपालुवा जनावर छ र त्यसको शरीरबाट सामान्यभन्दा धेरै कपालका रौँहरू झरेको छ भने तयसलाई तुरुन्तै पशुडाक्टरकहाँ जाँच गर्न लगिहाल्नुपर्दछ।
यस्ता छन् चिसो मौसममा दादको समस्याबाट छुटकारा पाउने घरेलु उपायस् १० लसुनस् लसुनमा पाइने प्राकृतिक रसायनिक पदार्थ ‘एलिसिन’ र ‘अज्वाइन’को एण्टिब्याक्टेरियल तथा एण्टिफङ्गल गुण दादा जस्ता छा’लाको सङ्क्रमणको लागि अचुक ओखति हो । लसुन दाद आएको छालामा दैनिक २ पटक लगाउनाले । २० काँचो बेसारस् काँचो बेसारको बाक्लो जुस बनाउनुहोस् र दा’दमा लेप्नुहोस्। यसको एण्टिबायोटिक गुण ढुसीको सङ्क्रमणको लागि उत्तम हुन्छ। २ घण्टासम्म काँचो बेसारको लेप लगाइसकेपछि मनतातो पानीले सफा गर्नुहोस् ।
३० भिनेगर र नुनस् भिनेगर र नुनको बाक्लो लेदो बनाउनुहोस् र त्यसलाई दा’द आएको ठाउँमा लगाउनुहोस् । ५ मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस् । दिनमा २ पटकसम्म यस्तो गर्नाले कम्तीमा १ हप्ता र बढिमा २ हप्तापछि दादको दाग बिस्तारै घट्दै जान थाल्दछ । ४० सयपत्रीको फुलस् सयपत्रीको फुल दिनहु दाद आएको ठाँउमा तिन पटक दल्नाले केवल सात दिनमा नै दाद गायब हुन्छ । यी घरेलु तरिकाले नै दादको उपचार गर्न सकिन्छ ।