साउन महिनामा लाग्ने शिव मन्दिरहरुमा मेला लगाउन रोक


१ साउन । महोत्तरीको साउन महिनामा शिव मन्दिरहरु तथा अन्य धार्मिक शक्ति पिठ लगायतको स्थानमा लाग्ने साउने सोमवारी लागयतको धार्मिक मेला, यात्रा तथा जमघटमा रोक लगाईएको छ ।

जिल्ला प्रशासन कार्याय महोत्तरीले आज एक सुचना जारि गर्दै कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हुँदा जिल्लामा मेला, धार्मिक यात्रा तथा जमघटमा रोक लगाइएको जनाएको छ ।

साउन महिनामा धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अतिनै महत्वपूर्ण मानिन्छ तर यस वर्षपनि कोरोना महामारीको दोस्रो भेरियण्टको मध्य नजर गदै प्रशासन कार्यालय महोत्तरीले जिल्लाका जलेश्वर महादेव, टुटेश्वर महादेव, कारिक स्थान लगायतका सम्पूर्ण शक्ति पीठहरुमा नित्य पूजा बाहेक अन्य मेला, भेला, धार्मिक यात्रा तथा जमघटमा रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने द्वारा हस्ताक्षरित सुचनामा कसैले अवज्ञा गरेको पाएमा संक्रामक रोग ऐन, २०२०, कोभिड९१९ संकट व्यवस्थापन सम्बन्धमा बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको