आयोगद्वारा निर्वाचनसम्बन्धी सबै कार्यक्रम रद्द


३० असार । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ।

बुधबार सूचना प्रकाशित गरी आयोगले निर्वाचनका सबै कार्यक्रम रद्द गरेको जनाएको हो।

केपी ओली नेतृत्वको तत्कालिन सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा गरेको थियो। त्यसलगत्तै आयोगले निर्वाचनका लागि आवश्यक प्रक्रियासमेत सुरु गरिसकेको थियो।

तर, सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णय अवैध ठहर गर्दै संसद पुनर्स्थापना गरिदिएपछि आयोगले निर्वाचनका सबै कार्यक्रम रद्द गरेको हो।

आयोगद्वारा बुधबार जारी सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालतबाट मिति २०७८र३र२८ मा भएको आदेश बमोजिम मिति २०७८र७र२६ गते शुक्रबारका दिन पहिलो चरणमा र मिति २०७८र८र३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८र३र२१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको