बलात्कारको प्रयास गरेको आरोपमा एकजना पक्राउ


Deep Diamond

३० असार । दलित महिलालाई जबर्जस्ती करनी गर्ने मनसायले घर भित्र पसी सर्लाहीको लालन्दीबाट बलात्कारको प्रयास गरेको आरोपमा एकजना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा २ का देवचन पासवान रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले जनाएको छ ।

पासवानले गत बैशाख १४ गते राती १०ः३० बजेको समयमा सोही वडाकी स्थानीय दलित महिला राजकली देवी ९नाम परिबर्तनं० लाई निजको घरभित्रै पसेर बलात्कारको प्रयास गरेका थिए । सोही आरोपमा पासवानलाई असाढ १४ गते ईलाका प्रहरी कर्यालय लालवन्दीले पक्राउ गरेको संघका अध्यक्ष पासवानले जानकारी दिए ।

उक्त घटनालाई गाउँका केही अपराधिककार्यलाई पक्षपोषण गर्ने ब्यक्तिहरुले पीडित महिलालाई धम्काइ आर्थिक प्रभावमा पारेर उक्त घटनालाई गोप्य रुपमा मिलाउन खोजेको भनी जानकारी पाउना साथ जिल्लाका दलित अधिकारको क्षेत्रमा कृयाशिल संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष पासवान ,महिला पुनर्स्थापना केन्द्रका मनोसमाजिक परामर्शकर्ता ममता साह , मानव अधिकारकर्मी तथा पत्रकारहरुको संयुक्त टोलि सोमबार पिडितको घरमै पुगेर घटनाको बारेमा जानकारी लिएका थिए ।

यस्तो जघन्य किसिमको अपराध गर्ने अपराधीलाई कानुन अनुसार हदैसम्मको कार्यवाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति दिलाउन अधिकारकर्मीले सम्बन्धित पक्ष सँग माग गरेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको