घट्ना बाहिरी सकेपछि सामाजिक अभियंतालाई ज्यान मार्ने धम्की


३० असार । सामाजिक स्तरबाट सक्रिय रुपमा भूमिका निभाई रहेको सामाजिक अभियन्तालाइ सुजिता ठाकुरको देवर रुपेश ठाकुरले ज्यान मार्ने धम्की दिइएको छ।

हत्या पछी खोजबिनमा ढिलाइ भएपछी अभियंता सरोज रायको विशेष पहलमा चौतर्फी दबाव बनेको थियो जसकारण प्रहरीहरु सक्रीय भएका थिए र शव बरामद गर्न सफल भएका थिए । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कानुनी प्रक्रीया पूरा गर्न लगिएको बेला रुपेश ठाकुरले अभियन्ता रायलाई ज्यान मार्ने धम्की दिएको कुरा सुजिताका बुवाले बताएको छ। उंहाको अनुसार सरोज रायकै मेहनतको कारण छोरीको हत्याबारे पर्दाफास भएको छ, तर यसरि अभियानी लाई हत्यारा द्वारा धम्की दिनु दुखद हो र हत्याराको चरित्रलाई थप उजागर गरेको छ । सुजिताको हत्या गर्नेहरुलाइ पिडित परिवार द्वारा उम्रकैद सजायको मांग समेत गरिएका छन् ।

 

धम्की बारे अभियंता सरोज रायले भनु भयो कि घटना बारे जानकारी लिन पहिलो दिन सुजिताको आमाबुवा संग भेट्न रतौली गएको भोली पल्ट बाट नै कसैले यस घटनामा चासो नलिन वारम्बार फोन मार्फत दवाब दिएको थियो । अगाडी उनले बताए “असार २८ गते सुजितको अन्तिम संस्कारमा दागबती दिन प्रहरी अनुसन्धानबाट निर्दोष साबित भएको उनका श्रीमानलाई लिन जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेको बेला कार्यालय परिसरमा लामो समय कुर्नु परेको थियो, त्यंहा मुकेश र रुपेशलाई पनि ल्याइएको थियो । रुपेशसंग मेरो लामो कुराकानी भयो । आफुले नै दिनेश यादव बनेर तपाईलाई फोन गरेको रुपेशले बताए । उसलाई सुजिता हत्याको कुनै पश्ताचाप नरहेको महशुस भयो । असार १३ गते देखि नै थुना भित्र रहेको रुपेशलाई मेरो हरेक गतिबिधि बारे थाहा रहेको पाए ।

 

सुजिताको बुवाको अनुसार केही बेरको लागि अभियन्ता राय बाहिर गएको बेला ‘सरोज रायले गर्दा नै हत्या रहस्य खुलेको भन्दै उनलाइ नछोड्ने धम्कि रुपेशले दियो ।’

यसबारे सरोज रायले भने ‘हत्या पुष्टि भईसकेको र मेरो सक्रियता मुख्य देखेपछि पक्राउ पर्ने बाट यस्तो धम्कि आउनु ठुलो कुरा होइन, आफुलाई यस्ता धम्कि धेरै चोटी आएको, धम्किले सचेत हुन्छु तर डराउन थाले भन्ने सामाजिक कार्य नै गर्न सक्दिन । सरकारले हाम्रो सुरक्षा बारे ध्यान दिनु आवश्यक रहेको छ ।’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको