जन्मेको केहि समय नवित्दै आमा आफैले शिशूलाई घाटि थिचि हत्या


३० असार मोरङ । मोरङमा नवजात शिशुको हत्या आफन्रै घरपरिवारबाटै भएको खुलासा भएको छ ।जेठ २७ गते मोरङको रंगेली नगरपालिका ५ आँपगाछीकी २५ वर्षीया खुस्वु मण्डलले छोरी जन्माएकी थिइन्।

जन्मेको केहिसमयपछि आमा खुस्वुले शिशुलाई ब्ल्याङकेटले घाँटी थिची हत्या गरेको र बुबा २८ वर्षीय अरुण मण्डललले रंगेली ५ स्थित चाँदनी चोकमा सञ्चालन गरेको मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ ।

शिशुलाई हत्या गरेको अभियोगमा आमा खुस्वु, बुबा अरुणसहित परिवारका चार सदस्यलाई पक्राउ गरेको छ । अन्य पक्राउ पर्नेमा, हजुरबुबा ५० वर्षीय नागेश्वर मण्डल, हजुर आमा ४८ वर्षीया उर्मिला मण्डल रहेको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध कर्तब्य ज्यानको मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको