लागु औषध र चोरी कारोबारमा प्रहरीकै संलग्नता


२९ असार, । मोटरसाइकल चोरी र लागुऔषध कारोबारमा संलग्नता पुष्टि भएपछि दाङमा कार्यरत तीनजना घुमुवा प्रहरी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन् ।

त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेका छन् ।

केसी, विक र पुनलाई पक्राउ पछि जिल्ला प्रहरी कार्यालय घोराहीमा थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संगठनको आचरणविपरीत मोटरसाइकल चोरी र लागुऔषध कारोबारीसँग मिलेमतो देखिएपछि तीन जना घुमुवा प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको