२८ असार । धनुषाको बटेश्वर गाउँपालिका वडा नं २ भूचक्रपुर कहचरीटोलमा बस्ने रामभरोस महतोकी २० वर्षीया श्रीमती रञ्जु महतोको आइतबार साँझ शंकास्पद मृत्यु भएको हो ।
आइतबार साँझ आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले टुडेपाटीलाई जानकारी दिए ।
उनका अनुसार साँझ ७ बजे अञ्जुको शव ओछ्यानमा फेला परेको र घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएकोले घटना शंकास्पद रहेको छ । पोस्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने प्रहरी निरीक्षक सुनारको भनाइ छ ।
ओछ्यान घरको छनामा अञ्जुको सल बाँधिएको थियो । परिवारजनले रञ्जुले आत्महत्या गरेको बताएको छ ।यता माइती पक्षले घरपरिवार मिलेर छोरी अञ्जुको हात्या गरेको दावी गरेको छ । घटनास्थलको प्रकृतिले रञ्जु आत्महत्या नगरेको र घरपरिवार नै मिलोर घाँटी थिचि हत्या गरेको उनकी बुबा महोत्तरीको गौशाला नगरपालिका १० भरतपुर बस्ने रामजत महतोको आरोप छ ।
अञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार रामवृक्षसंग भएको थियो । विवाहपछि परिवारजनले यस्तो बुहारीले घर नचल्ने कुरा माइती पक्षलाई पटक पटक सुनाएको आरोप छ ।घटनाको सुक्ष्म अनुसन्धान गरी छोरीलाई हत्या गर्ने दोषीहरुलाई कारबाही गर्न माइतपक्षले माग गरेका छन् ।
अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।