वर्दिवास मेडिकल कलेजको लागि जग्गा अन्योलमा माइस्थान सामुदायिक वनको स्थान बाहेक अन्य  स्थिती छैन’


२७ असार महोत्तरी । वर्दिवास मेडिकल कलेज निर्माणको लागि माइस्थान सामुदायिक वनको स्थान बाहेक अन्य विकल्प हेर्ने र सोच्ने स्थिती नभएको बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले जनाएको छ ।

बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका निर्देशक उपसचिव देवी प्रसाद सुवेदीले बर्दिवास मेडिकल कलेजका निम्ती आवश्यक पर्ने जग्गा प्राप्ती सम्बन्धी कार्यमा ढिलाई हुँदा बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण कार्य नै प्रभावित बनेको जनाउँदै तोकिएको स्थानको भन्दा अर्को विकल्प अब हेर्न नसकिने बताए ।

नेपाल सरकारको बजेट वक्तव्य मै प्रदेश २ को वर्दिवासमा मेडिकल कलेज स्थापना हुने उल्लेख भएको, मेडिकल कलेज बन्ने स्थान राजमार्ग संगै रहेको र दुर्घटना बढी हुने क्षेत्र भएकोले उपचारमा सहजता हुने, प्रदेशको लगभग बीचमा र सुगम हुनुको साथै प्रदेश २ को साथै प्रदेश १ को उदयपु, ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्ग को साथै बागमती प्रदेशको सिन्धुली, रामेछाप, दोलखाका लागि सहज पहुँच भएको हुँदा हरेक दृष्टिकोणले मेडिकल कलेज स्थापनाको लागि अन्य विकल्प हुन नसक्ने र सोच्न सक्ने अवस्था नरहेको निर्देशक सुवेदीले जनाए ।

शनिवार सञ्चारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोजनाका निर्देशक सुवेदीले जग्गा प्राप्ती सम्बन्धी कार्य नभएको कारण संरचना निर्माण हुन नसकेको बताए । उनले भने, ‘आयोजनाले यसै बर्ष निर्माण कार्यको थालनि गर्ने योजना राखेको थियो ।

जग्गा प्राप्ती सम्बन्धी निणर्य ढिलाई हुने भएकोले आगमी आर्थिक बर्षमा समेत संरचना निर्माणमा समस्या हुनका साथै कार्य प्रभावित बन्न सक्ने छ।’ बर्दिवास मेडिकल कलेज सरकारले आर्थिक वर्ष २०७३र०७४ मा स्थापना गर्ने निणर्य भएको थियो । कलेज स्थापनाको लागि बर्दिवास नगरपालिका ४ मा आवश्यक जग्गा सिफारिस गरिएको जग्गामा सरकारी वन रहेकोले मन्त्रालयमा आवश्यक प्रक्रियामा ढिलाई भएको हो ।

कलेज निर्माण हुने स्थानमा पूर्वाधारका लागि डीपीआर निमाणर्, वाताबरणीय परीक्षण मुल्याङकन९ईआईए०, गुरुयोजना निर्माणका कामहरु सम्पन्न भैसक्दा समेत जग्गा प्राप्तिमा ढिलाई भएको निर्देशक सुवेदीले बताए । उनले डिभिजन वन कार्यालय महोत्तरीबाट आवश्यक फायल संघीय वन तथा वातावरण मन्त्रालयमा नपठाएको कारण जग्गा प्राप्ती प्रक्रियामा ढिलाई भएको बताए । उनले भने, ‘यस वर्दिवास मेडिकल कलेज संगै सरकारले घोषण गरेको बुटवल मेडिकल कलेजको लागि सम्पूणर् प्रक्रिया सम्पन्न भई जग्गा प्राप्ती गरी निर्माणको चरणमा रहेको छ ।’ सुवेदीले कलेजको पूर्वाधार तयार गर्न ३ वर्षमा सक्ने योजना रहेकोमा जग्गा प्राप्ती नहुँदा आयोजना निर्माण कार्य सक्ने समय लम्बिदै गएको बताए ।

उनले १ सय १ हेक्टरमा निर्माण हुन लागेको यस कलेज ४९ हेक्टरमा संरचना निर्माण कार्य हुने गरी प्रक्रिया अगाडी बढाएको बताए । उनले भने, ‘४९ हेक्टर भित्र १९६७ बटा रुखहरु रहेका छन् । प्रदेश न।२ उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयको सुझाव अनुसार मेडिकल कलेजको क्षेत्र १०१ हेक्टरबाट ४९ हेक्टर भित्र मात्रै संरचना निर्माण हुनेगरी सिमित गरिएको हो ।’हाल ४९ हेक्टर भित्रै निर्माण हुने गरी संरचना बन्ने गरी डिपीआर तयार गरिएको आयोजनाको कार्यालयले जनाएको छ । कलेज निर्माण हुने स्थानमा पातलो रुखहरु रहेको र कम संख्यामा मात्रै रुखहरु काटिने आयोजनाले जनाएको छ ।

निर्देशक सुवेदीले भने, ‘जँहा भवन बन्ने हो, रुख काट्नै पर्ने स्थानमा मात्रै कटान हुने छ । बाहिर भनिएको जस्तो वन नै फडाँनी गरेर कलेज निर्माण गर्न लागिएका हैन ।’ नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना यस कलेजको साथै अन्तराष्ट्रिय स्तरको एक हजार बेड क्षमताको अस्पताल समेत निर्माण हुने र बार्षिक किसिमले सुरुका पाँचबर्षमा १ सय चिकित्सक, ८० जना नर्सिङ्ग जनशक्ती उत्पादन हुने जनाईएको छ।

हाल सम्म आयोजनाको लागि ६ करोड रकम खर्च भैसकेको कार्यालयले जनाएको छ । मेडिकल कलेज निर्माणका लागि अनुमानीत तीस अर्ब खर्च हुने बर्दिवास मेडिकल कलेज पूर्वधार निर्माण विकास आयोजनाले जनाएको छ ।

वर्दिवास नगरपालिकाले ५० हजार बिरुवा राप्ने र हुर्काउने
प्रदेश २ को जनस्तर सम्म स्वास्थ्य शिक्षा र सेवाका पहुँच बिस्तार गरी स्वस्थ नागरीक तथा समृद्ध समाज निर्माणमा कलेजको ठुलो योगदान रहेको बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुरकुमार कार्कीले बताए। जग्गा छनौट देखि सम्पूणर् प्रक्रियामा आफू संलग्न रहेको भन्दै प्रदेश २ को बर्दिवासमा बन्ने मेडिकल कलेजले सबैको हितमा रहेको बताए । उनले बाहिर प्रचारमा आएजस्तो बन नै फडाँनी हुने सखाप नहुने बताए ।

 

उनले बिरोधको लागि मात्रै विरोध नगरौं भन्दै कलेज निर्माणको लागि कटान हुने बोटबिरुवाको भरपाईमा नगरपालिकाले तीस हजार विरुवा रोपिसकेको र साउन सम्ममा पचास हजार विरुवा रोप्ने र हुर्काउने गरी योजना अगाडी बढाएको कार्यक्रममा स्पष्ट पारे । उनले यो प्रदेश २ को मात्र नभई राष्ट्रिय गौरवको आयोजना नै भएकोले सबैलाई सकारात्मक बन्न आग्रह समेत गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको