प्रदेश २ का ८४९ सीमा स्तम्भ गायव डीआईजी गौतमलाई सशस्त्र मुख्यालयले सचेत गरायो


२५ असार, काठमाडौं । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश नं २ बर्दिबासका डीआईजी चन्द्रप्रकाश गौतम सीपी लाई मूख्यालयले सीमा सम्बन्धमा आफूखुशी धारणा सार्वजनिक नगर्न सचेत गराएको छ । नेपाल–भारत सीमाको विषय संवेदनशील भएका कारण आफूखुशी धारणा सार्वजनिक नगर्न निर्देशन दिएको हो ।

केही दिन अघि प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमा स्तम्भ हराएको भन्दै मूख्यालयमा खबर नै नगरी सार्वजनिक सञ्चार माध्यममा बोलेपछि मूख्यालयले यो विषयलाई गृह मन्त्रालय र परराष्टसँग समन्वय गरेर मात्रै धारणा सार्वजनिक गर्नुपर्नेमा डीआईजी गौतमले आफूखुशी बोलेको भन्दै मूख्यालयले सचेत गराएको हो ।

प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमा स्तम्भमध्ये ८४९ वटा हराएको विषयमा अनुगमन भएको थियो । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले त्यहाँको सीमा स्तम्भको संरक्षण गर्नुपर्ने दायित्व पनि भएकाले यसबारेमा मूख्यालयलाई जानकारी दिनुपर्नेछ ।

 

‘सीमा सम्बन्धमा जे कुरा बोल्नुपर्ने हो, मूख्यालयले मात्रै बोल्छ, सशस्त्र प्रहरीले पठाएको आन्तरिक परिपत्रमा पनि सोही विषय उल्लेख छ तर डीआईजी गौतमले आफ्नो धारणा सार्वजनिक गर्दा त्यसले के असजिलो बनाउँछ भन्ने बारेमा सोच्नु पथ्र्यो उहाँले सोच्नु भएन, त्यसैले एकपटक सचेत गराइएको हो’, मूख्यालय स्रोतले भन्यो । सशस्त्र प्रहरीमा सीमा सुरक्षा सम्बन्धमा केन्द्रीय प्रवक्ताले मात्रै सञ्चार माध्यममा बोल्ने गर्छन ।

करिब ६ महिना अघि इलाममा एक प्रहरी निरीक्षककले सीमा सम्बन्धमा सामान्य धारणा राख्दा उनलाई प्रदेश १ का डीआईजी वंशी दाहालले स्पष्टिकरण सोधेर झण्डी कारवाही गरेका थिए । तर डीआईजी गौतमलाई भने मूख्यालयले उन्मुक्ति दिएको छ ।

भारतीय पक्षले नेपाल–भारतको दशगजा क्षेत्रमा घर, टहरा बनाएर बसोबास गर्ने र गाईगोरु बाँध्ने गरेको र नेपाल–भारत सीमा क्षेत्र छुट्याउन समस्या भएको अवस्थामा सशस्त्र प्रहरीले दशगजा क्षेत्र खाली गराउन भारतीय समकक्षीसँग कुनै पहल नगरेको पनि उनीमाथि आरोप लागेको छ ।

प्रदेश २ को आठ जिल्लाामध्ये कतिपय जिल्लामा सीमावर्ती दशगजा क्षेत्र मिचेर भारतीय नागरिकहरूले खेतीपाती गरेका, घर टहरा बनाएर गाईगोठ बनाएका र बसोबास गरिरहेका भएपनि उनी गाडी लिएर घुम्न मात्रै जाने तर त्यस विषयमा मूख्यालयमा रिपोर्ट पनि नगर्ने र भारतीय समकक्षीहरुसँग कुनै पनि कुराकानी नगर्ने उनको स्वाभावमा मूख्यालय मात्र होइन गृह मन्त्रालय समेत रुष्ट रहेको छ ।

‘आफ्नै सहकर्मीहरु डीआईजी प्रवीण श्रेष्ठ विरुद्ध लागेर उनलाई भारतीय एजेण्ट भएको भन्दै मिडियाबाजी गराउने डीआईजी गौतम भारतीय सीमा क्षेत्रमा देखिएका गतिविधिबारे उनी किन मौन बसेका हुन् , त्यसबारेमा हामी पनि हेर्दैछौ’, गृह मन्त्रालयका एक अधिकारीले भने ।

गृह मन्त्रालयको रिपोर्टमा सिराहाको इनर्वा टोलमा भारतीय नागरिकहरुले दशगजा अतिक्रमण गरी कटेरा निर्माण गरेर बसिरहेको, माडरस्थित लचका टोलको दशगजाभित्र भारतीय नागरिकले जग्गा अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, लग्दी गोठ टोलमा पूरै दशगजा क्षेत्र अतिक्रमण गरेको, लग्दी गदीयानीदेखि सन्हैठा गाउँसम्म दशगजा क्षेत्र नै अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, इनर्वास्थित अभय नगरदेखि ठाडीसम्म भारतीय पक्षले दशगजा क्षेत्रमा घर टहरा बनाएर बस्ती बसालेको रिपोर्ट आएपनि गौतमले भने मूख्यालय र मन्त्रालयलाई कुनै जानकारी दिएका छैनन् ।

नेपालबहस संवाददाता
नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ । नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो ।

राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन । देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको