
२३ असार,। गत वर्षभन्दा यस वर्ष धान रोपाइँमा ढिलाई देखिएको छ । कृषि विभागले सार्वजनिक गरेको असार २२ गते सम्मको विवरणअनुसार यस वर्ष देशभर ५६.६१ प्रतिशत अर्थात् सात लाख ७६ हजार ४९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ पूरा भएको छ । जुन गतवर्ष भन्दा ४,५ प्रतिशतले कम हो ।
गतवर्ष समीक्षा अवधिमा कुल धान खेति हुने क्षेत्रफलको ६०.६६ प्रतिशत अर्थात् आठ लाख ३२ हजार १३३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । नेपालमा कुल १३ लाख ७१ हजार ६०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।
यस वर्ष प्रदेश एक, दुई, गण्डकी र कर्णाली प्रदेशमा रोपाइँ ढिला भएको विभागले जनाएको छ । गतवर्ष समीक्षा अवधिमा प्रदेश९ १ मा ५०।८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो, यस वर्ष भने ४६।५८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।
यस्तै प्रदेश दुईमा गत वर्ष ५०।८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ३९।२८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । गण्डकी प्रदेशमा गतवर्ष ५६.४९ प्रतशत भूभागमा रोपाईं सकिएकोमा यस वर्ष ३०।५७ प्र्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।
गतवर्ष ८६।३ प्रतिशत रोपाइँ भएको कर्णाली प्रदेशमा यसवर्ष ८३।८५ प्रतिशत भूभागमा मात्रै रोपाईं सम्पन्न भएको विभागका सूचना अधिकारी डा। महादेव प्रसाद पौडेलले जानकारी दिए । बागमती प्रदेशमा भने गत वर्षभन्दा छिटो रोपाइँ भएको छ ।
गतवर्ष समीक्षा अवधिमा ५२।२ प्रतिशत भूभागमा रोपाइँ भएको बागमति प्रदेशमा यस वर्ष ६१।१ प्रतिशत भूभागमा रोपाईं सकिएको छ । यस्तै लुम्बीनीमा पाँच प्रतिशत र सुदूरपश्चिम प्रदेशमा गतवर्ष भन्दा थारै धेरै क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
देशको कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा यस वर्ष धान रोपाईं निकै ढिला देखिएको छ । सो क्षेत्रमा वर्षा कम हुँदा रोपाइँ ढिला भएको कृषि विभागको दाबी छ ।
विभागका सूचना अधिकारी डा।महादेव प्रसाद पौडेलकाअनुसार गत वर्ष छिटो वर्षा भएको सो प्रदेशमा यस वर्ष कम पानी परेको जानकारी विभागमा आएको छ ।