उदयपुरको सदरमुकाम गाईघाटमा सुविधा सम्पन्न एक निजी हस्पिटल संचालनमा


२२ असार उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सुविधा सम्पन्न अत्याधुनिक विशेषज्ञ सेवा एक निजी हस्पिटल संचालनमा आएको छ । साविक रौता हस्पिटल रहेको भवनमा सुविधा सम्पन्न भिमरैता हाडजोर्नी तथा प्रसुती अस्पताल संचालनमा आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट १५ वेडको अनुमति लिएर सेवा संचालनमा ल्याएको हस्पिटल संचालक डा. निर्मला चौधरीले बताईन् । उनका अनुसार थप बेडका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको बताईन् । हस्पिटलमा २४ सैं घण्टा इमरजेन्सी सेवा, ल्याब, डिजिटल एक्स–रे, भिडियो एक्स–रे, इसिजी लगायत अन्य सेवाहरु प्रदान उद्देश्यले गर्ने संचालक डा। निर्मला चौधरीले बताईन् ।

यस हस्पिटलमा जेनरल फिजिसिन डा। निर्मला चौधरी, ख्याती प्राप्त विराटनगरका बालरोग विशेषज्ञ डा। राम नारायण चौधरी, स्त्रीरोग विशेषज्ञ डा। साधना साह, अर्थोपेडिक्स डा। सरोज कुमार साह, छाला रोग विशेषज्ञ डा। मनोज चौधरी तथा युरो सर्जन डा। सुवास कुमार चौधरी लगायतले आफ्नो सेवा प्रदान गर्ने संचालिका चौधरीले बताईन् ।

सानो भन्दा सानो विरामीको समस्यालाई जिल्ला बाहिर जानु पर्ने बाध्यतालाई यस हस्पिटलले केही हदसम्म न्यूनीकरण गर्न सक्ने अर्का संचालक अशोक चौधरीले बताए । स्वास्थ्य सेवाको अभावमा मोटो रकम खर्चदै उपचार गरिरहनु् पर्ने समस्यालाई भिमरैता हस्पिटल परिवारले चाडै नै स्तरीय सेवा प्रदान गर्ने संचालक अशोकले बताए ।

उनका अनुसार हाडजोर्नी तथा प्रसुति सेवा, बाल रोग विशेषज्ञमा कुनै कमि हुन नदिने संचालक अशोकले बताए । गत वैशाखमा कोरोना संक्रमणबाट डा। मुकेश चौधरीको निधन भएपछि अस्पताल संचालनमा ढिलो हुन गएको मृतकका दाजु अशोकले बताए । (नागरिकबहसबाट

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको