बर्दिवास सहर सुन्दर सफा सबैको रहर मुल नारा सहित यूवाहरु चोकचोकमा


पदम तामाङ्ग ।

२१ असार महोत्तरी ।
बर्दिवास सहर सुुन्दर सफा सबै रहर मुल नाराका साथ यूवाहरुले नगरपालिकाको मुख्य चौकमा शौन्दरीकरण अभियानमा लागेका छन ।


ब्र्दिवास नगरपालिकाको मुख्य चौकमा रहेको ट्राफिर प्रहरी पोष्ठ र सिन्धुुलीरोडमा शौन्दरीय करणका लागि राखिएका गमलाहरु र फुलहरु बेला वखतमा गाडीहरु अनियन्त्रित भई ठोकिदा यहाँका गमलाहरु ब्ोलावखतमा फुटने झन्झटले प्रदेश न. २ का युबा जागरण नेपालका संयोजक संदेश कार्कीको अध्यक्षतामा गमला सहित फुलहरु रापीएका छन ।

बर्दिबास नगरपालिकालाइ सुन्दर एउटा नमुना बजार बनाउनका लागि प्रदेश न। २ को युबा जागरण नेपालका यूवाहरु, ईलाका प्रहरी कर्यालय बर्दिबास र ट्राफिक प्रहरी कार्यलयको संयूक्त प्रयासमा सोमबार दिउसो कार्यक्रम सम्पन्न भएको हो ।

१५ वोटा फुलको बिरुवा , १० वोटा प्लाष्टिकको गमलामा राखि गमला राखने फलामको स्टेन्ड समेत मर्मत गरिएको छ ।

बर्दिबास बजारर्लाइ सौन्दर्य नगर बनाउन हामिले गरेर मात्र हुदैन यसका लागि यस भेगका सबै व्यपारिहरु,नागरिकहरु र यूूवाहरु एक साथ उठेर  काम गर्न जरुरी रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपि बिरेन्द थापाले बताए ।

नमुना सहर बनाउन भाषनमा मात्र नभएर अब काम गरेर पनि देखाउनुपर्ने कुरालाई जोड दिदै सबै यूवाहरुलाई आ आफनै स्थान बाट एक जुट भई सहर बनाउन जरुरी रहेको युबा जागरण नेपाल प्रदेश न।२को इन्चार्ज सन्देश कर्किले भने आजको युबाहरु काम नलागने कुराहरुमा खर्च गरिरहेका हुन्छन् त्यसबाट हामिलाइ केही फाइदा हुदैन बरु आफुले जति सकिन्छ तेति आफनो ठाउँ बाट बिरुवाहरु रोपेर समय खर्च गरियो भने यो देश समृद हुन समय लाग्दैन । त्यसैले एक यूवा एक विरुवा रोप्न जरुरी रहेको हुनाले आजै वाट सबै नगरवसिलाई आग्रह गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको