रामगोपालपुर नगरपालीकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रम समपन्न


२१ असार,रामगोपालपुर । रामगोपालपुर नगरपालीकाको प्रशासनिक भवनको विधिवत रुपमा सोमवार शिलान्यास कार्यक्रम भएको छ । आर्थिक वर्ष २०७८/ ०७९ बजेट अनुसार नगरपालिकाको डिपिआर सहित भवन निमार्ण हुने भएको छ ।


नगरपालीकाको वाडा नं. ४ स्थित १४ कठा जग्गामा भवनको शिलान्यास गरिएको छ । नगर प्रमुुख अशोक मण्डल,उपप्रमुुख सिता साह र वडा अध्यक्ष कारी कमख्या महतो,जितेन्द्र चौधरीले एकै साथ शिलान्यास कार्यक्रम सुसम्पन्न गरेका छन ।

कार्यक्रममा बोल्दै मेयर अशोक मण्डलले एक वर्ष भित्रै यो भवन निमार्ण हुुने बताए । उनले नगरपालिका भित्रको सबै भन्दाँ राम्रो र सुन्दर भवन बन्ने योजना अनुुसार निमार्ण गरिने बताए । रामगोपालपुुर नगरपालिमा वर्षेनी अरुलाई मासिक घर भाडा तिर्नुुपरेकाले नगरको अरु विकासमा रहेको बजेट यसमै खर्च भएको हुुनाले अवको दिनमा त्यो झन्झट बाट छुुट्कारा हुुने बताए । नगर भित्रका सबै जनताको मगलाई सम्बोधन गदै यसको डिजाईन गरिएको हो । नगरको पर्यटकिय हिसाबमा भवनकोे डिपिआर डिजाईन गरिएको हो । भवनमा नगरपालिकाको सबै शाखाहरु एकै साथ संञ्चानमा सहज हुने गरि कोठाहरु छुट्टयाएको मेयर मण्डलले बताए ।

नगरपालिकाको नयाँ भवनले गाउँ एरियालाई नयाँ सहरको रुपमा स्थापित गरी बजार बिस्तार हुने धारणा उप प्रमुख सिता साहले राखेकी छन् । उनले भनिन् हामी जिते पछि हाम्रो ठुलो योजनाको रुपमा रहेको नगरपालिकाको भवन आज शिलान्यास भएको देख्दा हामी लगायत हाम्रा जनताहरु समेत खुसि भएका छन । अव यो भवन हामी आफनै कार्यकालमा सम्पन्न गरिने भन्दै टक नेपाल संग फोन सम्वादमा उपप्रमुुख साहले बताईन ।

शिलान्यास कर्यक्रमा प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्ण,नगरका सम्पूर्ण वडाका वडाअध्यक्षहरु ,,वडा सचिव,स्वास्थ्यकर्मी,शिक्षक,वितिय सँस्थाका प्रवन्धक र सम्पूर्ण कार्यपालिका सदस्य, जन समुदाय तथा सम्पूर्ण नगरवासीको उपस्थितिमा शिलान्यास कार्यक्रम सुसम्पन्न भएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको