कमला नदीको बाढीले धनुषातर्फ बाँध कटान


१९ असार धनुषा। कमला नदीको बाढीले धनुषातर्फ बाँध कटान गरेपछि स्थानीय त्रसित भएका छन् । किरतपुर र ढोलबज्जमा कमलाको बाढीको कटानले बाँध जोखिममा परेको हो । ४ दिन यता सय मिटर भन्दा बढी उब्जाउ जग्गा कटान गरी बाँध नजिकै खोला आइपुगेको छ ।

नदीमा आएको बाढीले ३० बिगाह जमिन कटान गरिसकेको सबैला(१३ किरतपुरका रामनारायण यादवले बताए ।

 

नदीमा पानीको बहाब घटदा बाँध कटान हुने खतरा बढेको यादवले बताए । उनले भने,ुनदीमा पानीको बहाब उच्च हुँदा कटान हुँदैन । बहाब जति घट्दै जान्छ कटान बढ्दै जान्छ । खेत कटान हुँदै विस्तारै नदीले बाँध पनि कटान गर्छ ।

बाँध बचाउन र जोखिम नियन्त्रणका लागि प्रयास भइरहेको कमला नदी नियन्त्रण कार्यालयका प्रमुख एकराज भट्टराईले बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको