
१९ असार । महोत्तरीको सम्सी गाउपालिकाका अध्यक्ष शेष फारुक आफ्नो पदमा पुन स्थापित भएका छन् ।
सम्सी गाउपालिका छिमेकी मुलुक भारतको सिमानामा अवस्थित रहेको गाउपालिका हो । जुन गाउपालिकामा सबै जातजातिको बसोबास लगायत मुस्लिम धर्मालम्बीको बाहुल्याता रहेको छ ।
स्थानीय तहको चुनावमा गाउपालिका अध्यक्षमा शेष फारुक निर्वाचित भएका थिए । त्यहाका जनसमुदाय लगायत अन्य बिकासका क्रममा धेरै कठिनाइहरु झेल्दै त्यहाँका जनताहरुको दुख ,कष्ट उनले बुझेका छन् ।
सोझो र लोकप्रिय अध्यक्ष शेष फारुक जनताको लागि मात्र काम गर्दै आएको कारणले केहि व्यक्तिहरुको मन दुखेका थियो । जसले गर्दा पार्टीमा कारवाही , पालिका स्तरीय विवादहरु उत्पन्न गर्दै आइरहेका छन् । त्यस्ता अवस्थाहरुको संघर्ष गर्दै आइरहे पनि जनताको केहि बिकासमा कमि र कमजोरी पुगेका हुनाले निर्वाचनको अन्तिम बर्षमा आइपुगेको जनताको सम्पूर्ण मर्म र दुख बुझेर हरेक क्षेत्रमा बिकास गरेर सुन्दर बिकास मुखी गाउपालिका निर्माण गर्ने प्रतिबद्धता जनाउदै गाउपालिका अध्यक्षले भने ूमेरो साथमा जनता छ ।
जनता अल्लाह हुन् भगवान हुन् र जसलाई कसैले साथ दिदैन उसलाई अल्लाहले साथ दिन्छ । तसर्थ जनताको कारणले नै आज मेरो पद पुन फर्किएको हो म सम्पूर्ण जनताप्रति आभारी छु । त्यसकारण जनता नै मेरो अल्लाह हो , भगवान हो र म भगवानको हमेशा सेवा गर्नेछु ।
उनि नेकपा माओवादी केन्द्रको कारबाहीमा निर्वाचन आयोगबाट पदमुक्त भएका थिए । शुक्रवार उनलाई निर्वाचन आयोगले गाउपालिका अध्यक्षबाट पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश डा। कुमार चुँडालको एकल इजलासले शुक्रबार फारुकको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो।आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानी कार्यपालिकाको प्रमुखरअध्यक्ष भएको र उनले सम्पादन गर्नुपर्ने स्थानी तहसम्बन्धी कामकारबाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न भनिएको छ।
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा सम्सी गाउँपालिका अध्यक्ष फारुकसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो।
सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएका सूचना निकालेको थियो। उनि पुन अध्यक्ष पदमा पुनर्बहाली भएपछी सम्सी गाउपालिकाका स्थानीय वासी निकै हर्षित भएका छन् ।