१९ असार , पदम तामाङ्ग ।
न परीदेउ ए झरी यसरी,
जनता रुदै छन घरीघरी ।
कठ्ठ्रै मेरा देशको नेता कूर्सी फेर्दै छन् घरीघरी,
चिन्ता छैन भोलि के होला यो देसमा, नेपाल आमा रुदै छिन धरधरी ।
जसरी नदी बग्दै छ त्यसैगरी जनताको काहाली लाग्दो आँसू पनी बग्दै छन । कठ्ठै मेरा देसका अगूवा भनाउँदाहरु तिमी पो राज गद्दीमा छौं याँहा जनता हिलोमा दिन रात कटाउन बाध्य छन् साँझ पछि बिहान कसरी होला भन्ने त्रासमा छन । माना खाएर मूरि उब्जाउने यो किसानहरुको खूसीमय समयमा खेतीयोग्य खेत, बाढीले कटान गदैछ्न खेती योग्य जमिन मात्र हैन र्दजनौ घर धूरिहरु पानीले बगाईसके अब, तँ केबल गाउँ बगाउन मात्र बाकी रहेछ, तर हाम्रो देशको सरकार आज कहाँ लुकेका छन भन्दै हरेक नेपालीले प्रश्न गदैछन ।
साना साना झरिमा देश डूबानमा परेका छन , तिमी मध्य रातको निन्द्रामा मस्त निदाईरहेको बेला तिम्रो बलूवाटारमा बाढी पसेको भए कस्तो हून्थो होला ? जनताले भोट मात्र हैन आफ्नो जीवनको अमुल्य समय समेत योगदान दिएकाछन । यो देशको नेताहरुलाई अझ जनता रुवाने आनीवानि सुद्धिएका छैन । आखिर जितनेले पनि त्यही गरे हार्ने पहि त्यसमै समर्थन जनाए केबल नाटक गर्नका लागि जनता अगाडि काठपुतली झै बनिरहेका बनिरहे ।
जित्ने पनि त्यही दैलोमा भोट् माग्न गएका थिए,हार्ने पनि त्यही दैलोमा के जनता यसकै लागि यती ठूलो योगदानी,बलिदानि दिएका हुन तँ, यदि लाज लाग्छन् भने दुबै मिलेर यो देश नगर बचाउ जनता डुबदैछन । मध्यरातमा गुन्जीएको ति ध्वनीले रात कटाउन जनता कछाडमछाड गरि रात कटाउछन । बिहान उठेपछि सुनफलने खेतमा डगमगाईरहेको पानि र्हेदाको पिडा के थाह हे मेरा देशका नेताहरु जूनदिन जनताले हाम्रो नेता महान भन्छन त्यो दिन म पूरा देश भरी झणडा फहराउनेछु । प्रश्ङ्ग रातु नदि बर्दिबास महोत्तरी