१८ असार महोत्तरी,धनवीर महतो । केन्द्रिय समितीको निर्णय अनुसार नेपाल शिक्षक महासंघका पदाधिकारीहरुले आज चौथौचरणको आन्दोलनको कार्यक्रम अन्र्तगत मुलुकभरिमा एकैसाथ एकैसमयमा स्थानियतहको अगाडि धर्ना दिएका छन । पालिकास्तरीय आन्दोलन अन्र्तगत आज दोस्रो दिन स्थानियतहमा रहेका महासंघका पदाधिकारीहरुले स्थानिय पालिका अगाडि विहान १० बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएका हुन ।
शिक्षकहरुसँग सरकारले विभेद गर्दै आएकोले सो लाई अन्त्य गर्नका लागि दवावमुलक मुलुकभरिका शिक्षकहरुले धर्ना दिएका हुन । नेपाल शिक्षक महासंघ गौशालाका सचिव सुमित कुमार साहका अनुसार हामीहरु सम्पूर्ण विद्यालय कर्मचारीहरुको माग एकमुष्ट रुपमा माग सम्बोधन गराउनका लागि एकतावद्ध भई अगाडि बढेको जनाएका छन ।
गत २०७५ साल माघ २५ गतृेका दिन शिक्षक महासंघका केन्द्रिय समिती र सरकारका शिक्षामन्त्रालयवीच भएको ३० बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै शिक्षकहरु आन्दोलित भएको शिक्षक महासंघ गौशालाका उपाध्यक्ष सुनिता कुमारीले बताउनुभयो ।
शिक्षकहरुप्रति सरकारको दृष्टिकोण, खोपमा विभेदजस्ता त्रृटिहरु सच्याउनका लागि हामी शिक्षकहरु सरकारलाई दवाव दिनका लागि स्थानियस्तरबाटै आन्दोलनमा उत्रिएको उपाध्यक्ष सुनिता कुमारीले जानकारी दिनुभयो ।
यता माग पुरा गराउनका लागि केन्द्रिय निर्णयअनुसार सर्वपक्षीय एवम सर्वदलीय नेताहरुसँग छलफल गरिने कार्यक्रम रहेको शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले जानकारी दिनुभयो ।
शिक्षकहरुको आन्दोलनको कार्यक्रम चरणवद्ध रुपमा अगामी भदौ ४ गतेसम्म जारी रहने अध्यक्ष उप्रेतीले बताउनुभयो ।
धर्ना कार्यक्रम औरही नगरपालिका, वर्दिवास नगरपालिका, सोनमा गाँउपालिका लगायतका मुलुकभरिकै ७५३ वटै स्थानियपालिका अगाडि एकै समयमा कार्यक्रम संचालन गरिएका हुन ।