रोटरी क्लव र रोट्र्याक क्लव बर्दिबासले नया नेतृत्व चयन


रोटरी क्लव र यस्को भातृ संगठन रोट्र्याक क्लव बर्दिबासले नया नेतृत्व बिष्णु खडका र निरज सुबेदिलाइ हस्तान्तरण गरेको छ ।

बिहिवार क्लवको नियम अनुसार पुरानो नेतृत्व नदोहोरिनेगरी बिष्णु खडका र निरज सुबेदिलाइ हस्तान्तरण गरिएको रोटरी कलवका सदस्य सुदर्शन काफ्लेले जानकारी दिए ।

रोटरीको नया नेतृत्वमा बिष्णु खडकालाई जिम्मेवारी सुम्पदै उपा(अध्यक्ष दिपेन्द्र पराजुली, कोषाध्यक्ष इन्द्र सिलवाल, सचिव बिष्णु पुरी, स(सचिव दिपक कार्की र सम्पादनको भुमिकामा सुदर्शन काफ्लेलाइ चयन गरिएको छ ।

त्यसैगरी रोट्र्याकको नेतृत्व निरज सुबेदिलाइ सुम्पदै उप(अध्यक्षमा दीक्षा काफ्ले, सचिव मनिष कर्ण, कोषाध्यक्षमा नसिब नदाव, स(सचिव अमित गोले र स(कोषाध्यक्ष रबिन पोखरेललाई चयन गरिएको छ ।

रोटरी कलवको नियमअनुसार आगामी नेतृत्व अध्यक्षले नै सदस्यहरुको सकृयता अनुसार कस्लाइ छान्ने भन्ने अधिकार रहन्छ । सोही प्रकृया अनुसार रोटरी कलवका पुर्व अध्यक्ष हिरा गौतम र रोट्र्याक कलवका पुर्व अध्यक्ष सागर फुयालले औपचारिक कार्यक्रम अगाडि नै बिष्णु खडका र निरज सुबेदिलाइ छनोट गरेका थिए ।

बिहिबार बर्दिबासमा एक औपचारिक कार्यक्रमको आयोजना गरि पुर्व छनोट गरिएका कार्यसमितिलाई निर्वाचित भएको घोषणा गरिएको हो ।

नव निर्वाचित कार्यसमितिले नगरभित्रको सामाजिक, सास्कृतिक र भौतिक बिकाशमा हातेमालो गर्दै सामाजिक सेवाको दायरालाइ विशाल बनाउने प्रतिज्ञा गरेका छन ।

नया नेतृत्वमा सहभागी सवै कार्यसमितिका पदाधिकारीहरु बिगतदेखी नै सामाजिक कार्यमा सकृय बन्दै आएका थिए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको