रोट्र्याक कल्वका यूवाहरु सामाजिक कार्यामा खटिदै


रोटरी कल्वको भातृ संगठन रोट्र्याक कल्वले आफ आफ्नै खर्च जुटाएर अहिले सामाजिक कार्यमा निक्कै सक्रियता देखाएको छ ।

बिध्यालय सौचालय निर्माण गर्नेदेखी लिएर बिपन्न, गरिवहरुलाइ राहत प्रदान गर्ने कार्यमा कल्वका सदस्यहरुले खर्च उठाएर सामाजिक सेवाको गतिबिधीलाइ पछिल्लो समय फराकिलो बनाएका हुन ।

रोट्र्याक कलवले भर्खरै बर्दिबास (१० खयरमाराको जन्ता आधारभुत बिध्यालयमा रहेको जिर्ण सौचालयको मर्मतसम्भार तथा पुनसनिर्माण सम्पन्न गरेको छ भने अन्य बिध्यालयमा पनि शैक्षिक समाग्री बितरण गर्ने तयारी भैइरहेको कलवका अध्यक्ष सागर फुयालले जानकारी दिए ।

सौचालय बुधबार मर्मतसम्भार तथा पुनः निर्माण सकेर रङ्गोरन सहित बिध्यालयलाइ हस्तान्तरण गरेको कलवका सदस्य बिजय पोखरेलले बताए

यता जन्ता आधारभुत बिद्यालयका बालबालिकाहरुलाइ दिशापिसाब गर्न समस्या बनिरहेको बेला रोट्र्याकले सौचालय निर्माण गरेपछी ठूलो राहत महसुस भएको प्रधानध्यापक श्याम यादवले भनाइ छ ।

आफ्नै खर्चमा युवाहरुले रकम संकलन गरी बिध्यालयप्रती देखाएको सहानुभुती अत्यन्त प्रसंसायोग्य भएको बताउदै उन्ले भने स्ञवहाँहरुले निर्माण गरिदिएको सौचालयबाट १ सय २० जना बिध्यार्थीहरुलाइ सहज बनेको छ, हामी अत्यन्त खुसी छौ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको