हत्या आरोपमा आफ्नै श्रीमान् र देवर पक्राउ


१४ असार । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ की सुजिता ठाकुरको हत्या आरोपमा उनका श्रीमान् र देवर पक्राउ परेका छन् । आइतबार महोत्तरी प्रहरीले सुजिताको हत्या भएको केही प्रमाण फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ ।

महोत्तरीका प्रहरी उरीक्षक प्रकाश विष्टले मृतक सुजिताका श्रीमान् मुकेश ठाकुर र देवर रुपेश ठाकुरलाई पक्राउ गरिएको जानकारी दिए । घर नजिकैको खेलमा उत्खनन् गर्दा झण्डै महिना दिनदेखि बेपत्ता सुजितालाई हत्या गरी गाडिएको अवस्थामा केही प्रमाणहरू प्रहरीले भेटाएको थियो ।

गत जेठ २० गतेदेखि सुजिता बेपत्ता भएकी थिइन् । झण्डै २३ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा ९घरदेखि करिब डेढ किलोमिटर टाढा उत्खनन् गर्दा हत्या भएको केही प्रमाणहरू फेला परेको हो । खेतमा उत्खनन् गर्दा कपाल, रगतले रातो भएको मोटो, मलखाद र नुन भेटिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको