१४ असार सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १५ तीनतले झल्ला चौडीबाट ८० किलो प्रतिवन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
विशेष सुराकीको आधारमा खटिएर गएको प्रहरी टोलीले ईश्वरपुर नगरपालिका १२ का ३३ वर्षीय आइत सिंह स्याङतान र सोही ठाउँका ५४ वर्षीय मान बहादुर स्याङतानलाई लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।
सुराकीको आधारमा गएको प्रहरी टोलीले उत्तरी चुरेक्षेत्रस्थित फूलजोर खोलाको किनारमा पर्ने झल्ला चौडीबाट प्याकिङ गरी बोराभित्र हालेर ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको लालबन्दी प्रहरीका प्रमुख एवं प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
त्यस्तै लालबन्दी प्रहरीले यस आर्थिक वर्षमा जम्मा २५० किलो गाँजा बरामद गरिसकेको छ ।