
बिसाल बस्नेत
१३ असार, महोत्तरी ।नगरपत्रकार संजाल बर्दिबासले आफ्ना पत्रकारहरुको क्षमता अभिबृदी गर्ने उदेश्यले बिकाश पत्रकारिता तालिम संचालन गरेको छ ।
प्रदेशसभा सदस्य सारदादेबी थापाको संसद बिकाश कोषको सहयोग र नगरपत्रकार संजाल बर्दिबासको आयोजनामा सनिबारबाट तालिम संचालन भएको हो ।
पत्रकार अजय साहको प्रशिक्षणमा नगरभित्रका १६ जना पत्रकारहरु सहभागी भएका छन ।
३ दिनसम्म चल्ने तालिमको उदघाटन सत्रमा नगरप्रमुख बिदुर कार्की, प्रदेशसभा सदस्य सारदादेबी थापा र एमालेका नेता सन्त परियार कार्यक्रममा उपस्तिथित भइ बिकाश पत्रकारिता तालिमले पत्रकारहरुलाइ थप अगाडी बढन प्रेरित गर्ने बताए ।
पत्रकार र पत्रकारिताको बिकाशको लागी नगरपालिकाले २०७८र७९ को बजेटमा नीति तथा कार्यक्रममा समेट्ने नगरप्रमुख बिदुर कार्कीले आस्वासन दिएका छन ।
परिवर्तनको लागी पत्रकारको भुमिका उल्लेखनिय हुने बताउदै उन्ले तथ्यमा आधारित भएर गरिने पत्रकारिताले वास्तवमै सवैभन्दा महत्वपूर्ण हुने बताए ।
त्यस्तै पत्रकारबिना परिवर्तनको कल्पना पनि गर्न नसकिने बताउदै प्रदेशसभा सदस्य सारदादेबी थापाले आफू सधै पत्रकारको साथमा रहेको बताइन ।
पत्रकारहरुको लागी थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उनले भनिन समाचार सम्प्रेषण गर्न जलेश्वर पुग्नुपर्ने बाध्यता हटेको छ । समाचारका माध्यमबाट सामाजिक चासो, गुनासो र अभावलाइ जनप्रतिनिधिहरुले थाहा पाउने मौका पाएका छन ।