टिपरको ठक्करबाट एक पत्रकारको घटना स्थल मै मृत्यु


४ असार,महोत्तरी । सर्लाहीमा टिपरको ठक्करबाट एक पत्रकारको घटना स्थल मै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसार हरिपूर्वा नपा ८ मा टिपरको ठक्करबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाहीको ईश्वरनगरपालिका १३ बस्ने ३० वर्षीय अर्जुन महतो रहेको छ । उनी गौशला नगरपालिकामा संञ्चालीत रेडियो जुनताराको न्यूजरिडर पदमा काम गदै आएकोे थियो ।
आज दिउँसो ४ बजे तिर ज ७ प ९०४२ नम्बरको मोटर साइकलमा गइरहेको महतोलाई विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको टिपरले ठक्कर दिएको थियो । टिपरले ठक्कर दिएपछि मोटरसाइकल सहित लडेको महतोको टाउँकोबाट नै टिपरको चक्का चलेकोले तत्कालै घटना स्थल मै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन।

घटना पश्चात आक्रोशित स्थानीयहरुले टिपरमा आगजनी गरेका छन् । स्थानीयहरुले बजार क्षेत्रमा पनि तिब्र गतिमा टिपर चलाएकोले घटना भएको भन्दै टिपरमा आगजनीको साथै सडक अवरुद्ध गरेर अहिले प्रदर्शन गरिरहेका छन् ।
अहिले प्रहरी घटना स्थलमा पुगेर प्रदर्शन नियन्त्रण गर्ने प्रयास गरिरहेको छ भने टिपर चालकलाई पक्राउ गरेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको