मिथिला तालमा फुलका बिरुवाहरु हस्तान्त्ररण


ढल्केवर, धनुषा
पर्यटन तथा पिकनिक स्थलको रुपमा विकसित भइरहेको धनुषाको मिथिला नगरपालिका ७ मा पर्ने मिथिला तालमा थप सौन्दर्यकरण बढाउन राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले विभिन्न प्रजातिका फुलका बिरुवा उपलब्ध गराएका छन् ।

बुधबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको ७ औं स्थापना दिवसको अवसरमा पारेर कार्यालयका कर्मचारीले मिथिला तालमा थप सौन्दर्यकरण बढाउन फुलका बिरुवाहरु उपलब्ध गराएका हुन् ।

बुधबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुर कार्यालयका प्रमुख शिवप्रसाद पोखरेलले मिथिला नगरपालिकाका उपप्रमुख तारा बस्नेत लामालाई गमलासहित फुलका बिरुवाहरु हस्तान्त्रण गरेका छन् ।


त्यस अवसरमा नगर उपप्रमुख लामाले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले मिथिला ताललाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न निकै ठूलो योगदान रहेको चर्चा गर्दै अगामी दिन अझ बढी सहयोगको अपेक्षा राखेको बताए ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुर कार्यालयका प्रमुख पोखरेलले यसअघि ७८ लाखको लागतमा मिथिला तालमा घाटलगायत पक्की संरचना निर्माण गरेको बताउँदै यस स्थानको विकासमा सहयोग जारी रहने बताए ।

फुलका विरुवा हस्तान्त्रणका बेला राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका केन्द्रिय सदस्य शशी शर्मा, कार्यालय कर्मचारीहरु, मिनपा ७ का वडा अध्यक्ष रामो साह, पोखरी दमार सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थित थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको