सर्पले टोकेका बिरामीहरुकोलागी बर्दिबासमा भेण्टिलेटरको ब्यवस्थापन


३० जेष्ठ,बर्दिवास । सर्पले टोकेका बिरामीहरुको उपचारका लागी बर्दिबास नगरपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा भेण्टिलेटरको ब्यवस्थापन हुने भएको छ ।

४ दिन अगाडि सर्पले टोकेका बिरामीको भेण्टिलेटरको अभावमा ज्यान गएपछी जनप्रतिनिधिहरुले तुरुन्त यस्को ब्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

हिजो पुर्व सिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेल र चिकित्सक सहितको उपस्थितिमा भएको छलफलले भेण्टिलेटरको आवस्यक्ता रहेको निष्कर्ष निकालेको हो ।

४ दिन अगाडी बर्दिबास(३ का १६ बर्षिय किशोर मनिष सुनारको भेण्टीलेटर कै अभावमा ज्यान गएपछी जनस्तरबाट यस्को तुरुन्त ब्यवस्थापन हुनुपर्ने भन्दै चर्को आवाज उठेको थियो ।

भेण्टिलेटर राखेपछी दक्ष जनसक्तीको छुट्टै ब्यवस्थापन गर्नु पर्ने हुदा तत्कालको लागी बर्दिबास अस्पतालमा राख्नुपर्ने छलफलमा सहभागीहरुले निष्कर्ष निकालेका छन ।

ञ यो सर्पदंश उपचार केन्द्रमा नेपाली सेनाको प्राबधिक टोलीमात्र भएको र आइसोलेसनका लागी ठाउँ समेत पर्याप्त नभएको हुनाले बर्दिबास अस्पतालमा नै भेण्टिलेटर राख्दा राम्रो हो भन्ने हामिले सुझाव दिएका छौ झ बर्दिबास अस्पतालका चिकित्सक सुनिल दाहले भने ।

सर्पले टोकेका जटिल खाल्का बिरामीहरुलाइ सर्पदंश उपचार केन्द्रमा सग्लन नेपाली सेनाका स्वास्थ्यकर्मीहरुले तत्काल बर्दिबास अस्पतालमा रिफर गर्ने र आवस्यक उपचार त्याहीबाट गर्न सकिने चिकित्सक दाहको भनाइ छ ।

सर्पदंश उपचार केन्द्र र बर्दिबास अस्पतालको दुरी करिव २ किलोमीटर दुरीमा छ । अहिले अस्पतालमा एम्बुलेन्स समेत पर्याप्त भएको हुनाले जटिल खाल्का बिरामीहरुलाइ तुरुन्त अस्पताल पुर्‍याउन सकिने भन्दै भेण्टिलेटर अस्पतालमा नै राख्न सकिने बिषयमा छलफलमा सहभागीहरुले निष्कर्ष निकालेका थिए ।

यता भेण्टीलेटरको ब्यवस्थापन र त्यस्को लागी दक्ष जनसक्ती आवस्यक भएको हुदा नगरपालिकाले तत्काल प्रक्रिया अगाडी बढाउने नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको