अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग


Deep Diamond

१४ जेष्ठ,बर्दिवास । बिहिवार सामुदायिक बिकाश तथा पैरवी मंच नेपालको पहलमा हेल्भेटास नेपालले बर्दिबास अस्पताललाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

पिसिआर परिक्षणको लागी स्वास्थ्य कीट तथा स्वास्थ्य सामाग्रीहरुको अभाव भैइरहेको गुनासो आइरहेको बेला सामुदयिक पैरवी मंचको पहलमा हेल्भेटास नेपालले उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको पैरवी मंचका अध्यक्ष नागदेव यादवले बताए ।

सामुदायिक पैरवी मंचले अस्पतालमा नै पुगेर अक्सिजन कनसेन्ट्राटर मेसिन २ वटा, नेबुलाइजर मेसिन १० थान, पोर्टएबल सक्सन मेसिन २ थान, पल्स अक्सिमिटर १५ वटा, एन ९५ माक्स भल्भ नभएको ५ सय पिस, पिपिइ सेट २५ थान, सर्जिकल ग्लोभ ५ सय जोडी, भिटिएम ट्युब ५ सय वटा, एण्टिजेट कीट २ सय ५० वटा, एक्सट्राक्सन कीट ३ सय ८४ थान र पिसिआर कीट ३ सय ८४ थान गरि करिव १२ लाख बराबरको स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरेको थियो ।

बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले हेल्भटास नेपालले हस्तान्तरण गरेको उक्त स्वास्थ्य सामाग्रीवाट कोरोना संक्रमितहरुको उपचार र नियन्त्रणको लागी महत्वपूर्ण सहयोग पुगेको बताए ।

स्थानिय सरकारले मात्र ब्यवस्थापन धान्न नसकिरहेको अवस्थामा संघ, संस्था तथा नागरिक स्तरवाट भएको सहायताले कोरोनासग जुध्न नगरपालिका बलियो भएको बताउदै उन्ले भने स्स्वास्थ्य सामाग्री तथा मानविय सहायताले हामिलाइ थप बल पुगेको छ ।

अहिले बर्दिबास नगरपालिकामा ६ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भैइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको