फ्रन्टलाईनमा काम गरिरहेका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण


Deep Diamond

१३ जेष्ठ, बर्दिवास ।
महोत्तरीको बर्दिवासमा कोरोना सक्रमण दर दिनहुँ बढ्न थालेपछि फ्रन्टलाईनमा रहेर काम गरिरहेका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट जोगिन यस क्षेत्रमा फ्रन्टलाईनमा रहेर काम गरिरहेका ईलाका प्रहरी कार्यालय बर्दिवास, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास र सशस्त्र प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि फ्रन्टलाईनमा रहेर दिनहुँ कार्यस्थलमा खटिएका सुरक्षाकर्मीहरुलाई आवश्यक स्वास्थ्य सामग्री फेस मास्क(सर्जिकल मास्क), स्यानीटाइजर, ग्लोब्स, फेस सिल्ड लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शान्ता मेडिकल हलका सञ्चालक शम्भु भट्राईले जानकारी दिनुभयो ।

बर्दिवास सर्जिकल हाउस, विनायक होटल, शान्ता मेडिकल हल, श्री पञ्चधुरा ज्वेलर्स, र बर्दिवास आँखा अस्पतालले संयुक्त रुपमा सुरक्षाकर्मीहरुलाई कोभिड १९ संक्रमण रोकथामको लागि कार्यस्थलमा काम गरिरहँदा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको हो । ईलाका प्रहरी कार्यालय बर्दिवासलाई २ हजार सर्जिकल मास्क, १० लिटर स्यानीटाइजर, २ सय जोडी ग्लोव्स, ४० थान फेस सिल्ड हस्तान्तरण गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासलाई ५ सय सर्जिकल मास्क, ५ लिटर स्यानीटाइजर, १ सय जोडी ग्लोव्स, १० थान फेस सिल्ड र बर्दिवास स्थित सशस्त्र प्रहरीको सुरक्षा युनिटलाई समेत ५ सय सर्जिकल मास्क, ५ लिटर स्यानीटाइजर, १ सय जोडी ग्लोव्स, १० थान फेस सिल्ड हस्तान्तरण गरिएको बर्दिवास आँखा अस्पतालका प्रमुख मुकुन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।


ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी बिरेन्द्र थापाले प्राप्त स्वास्थ्य सामग्री यस युनिट अन्तर्गतका सबै चौकीहरु वितरण गर्ने र स्थानीय बजारहरु बन्द गराउन स्थानीय तबरबाटै लाग्नुपर्ने बताउनुभयो । सुरक्षाकर्मीहरु कोभिड न्यूनीकरण र रोकथामका खटिए पनि यस क्षेत्रमा बजार लाग्ने र लगाउने कार्य भैरहेको भन्दै त्यसको लागी स्थानीय जनप्रतिनिधी समेतले आग्रह गर्नुपर्ने बताउनुभयो । प्रहरी पुग्दा बजार बन्द गरेजस्तो गर्ने र प्रहरी हिडेपछी पुनः बजार लगाउने कार्यले कोरोना भाईरसको जोखिम बढ्ने हुँदा हाट बजार बन्द गराउन स्थानीय स्तरबाटै पहल र जिम्मेवार हुनुपर्ने बताउनुभयो । पछिल्लो समय महोत्तरीको उत्तरी क्षेत्र बर्दिवास नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको