१३ जेष्ठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट अध्यादेशमार्फत शनिबार घोषणा गर्ने भएको छ । त्यसअघि शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक हुने भएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसरा शुक्रबार २ बजे मन्त्रालयमै जुम मिटिङमार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागिएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गरेको भोलिपल्ट शनिबार ९जेठ १५ गते० नै बजेट घोषणा गर्ने तय भएको छ । उहाँले प्रधानमन्त्रीको निवास बालुवाटारबाटै बजेट सार्वजनिक गर्ने बताइएको छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि बजेट अध्यादेशमार्फत ल्याउन लागिएको हो । संसद विघटन गरिएकै कारण सरकारको नीति तथा कार्यक्रम पनि प्रभावित भएको छ । बजेटको १५ दिन अघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि यसपटक नीति तथा कार्यक्रम आएको छैन ।
चुनाव घोषणा गिरएको अवस्थामा मतदाताहरूलाई प्रभावित पार्ने कुनै पनि कार्यक्रम बजेटमा नसमेट्न विज्ञहरुले सुझाव दिइरहेका छन् ।
न्यूज २४