बर्दिबास सेवा समितिले अस्पतालाई गरे एम्बुलेन्स सहयोग – भिडियो सहित


१० जेष्ठ बर्दिबास । बर्दिबास सेवा समितिले बर्दिबास अस्पताललाई एउटा एम्बुलेन्स उपलब्ध गराएको छ । कोरोना महामारीमा ज्यान गुमाएकाहरुको शव व्यवस्थानमा समस्या परेपछि नगरपालिले बर्दिबास सेवा समितिसंग रहेको एम्बुलेन्सलाई शववहानको रुपमा प्रयोग गर्न माग गरेको थियो ।

बर्दिबास सेवा समितिका युवाहरुको प्रयासमा १० लाख चन्दा संकलन गरेर १४ बर्ष अघि ज १ च ६२२ नम्बरको एम्बुलेन्स खरिद गरेका थिए । चन्दा संकलनको समयमा वर्दिवास उधोग वाणिज्य संघको विशेष पहल रहेको थियो । बर्दिबास नगरपालिकास्थित बर्दिबास अस्पतालको नाममा नामसारी गर्ने गरि आफ्नो संस्थाको एम्बुलेन्सको साँचो नगरपालिकाका मेयर विदुर कुमार कार्कीलाई हस्तान्तरण गरिएको बर्दिबास सेवा समितिका अध्यक्ष हीरा गौतमले बताए ।‘कोरोना महामारीले विकराल रुप लिदैं गएको छ । यसको नियन्त्रणमा हाम्रो पनि योग्दान होस् भनि हामीले चलाइरहेको एम्बुलेन्स शवबाहनका रुपमा प्रयोग गर्न बर्दिबास नगरपालिकाका लाई हस्तान्तरण गरेका हौं,’उनले भने ।
कोरोना महामारीसंगको लडाईमा सबै तिरबाट सरकारलाई सहयोग भइरहेको मेयर कार्कीले बताए । ‘अस्ति लगातार तीन घण्टा फोन गर्दा पनि शव व्यवस्थापन गर्न सवारी नभेटिएको हामीसंग तितो अनुभव छ ,’मेयर कार्कीले भने,‘ बर्दिबास सेवा समितिले यस्तो विपद्को अवस्थामा जुन एम्बुलेन्स हामीलाई प्रदान गर्नुभयो त्यसको खुशी हामी शब्दमा व्यक्त गर्न सक्दैनौं ।’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको