कोरोना खोप लगाउनेलाई निशुल्क अण्डा


एजेन्सी । चीनमा मानिसहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन डराइरहेका छन् । जसका कारण चीन सरकारले मानिसहरुलाई कोभिड भ्याक्सिन लगाउनका लागि उत्प्रेरित गर्न वा लोभ्याउन अनौठो खालको अफरको घोषणा गरेको छ ।

जस अन्तर्गत निशुल्क रुपमा अण्डा वितरण देखि खाद्यान्नका सामानमा छुट र पसलका कुपन प्रदान गर्ने जस्ता योजना सामेल छन् । यहीँ अफरसँगै चीनले अहिले दैनिक लाखौँ मानिसलाई कोरोना विरुद्धको खोप दिइरहेको छ ।

गत २६ मार्चसम्ममा चीनमा ६१ लाखले कोरोना विरुद्धको खोप लिइसकेका थिए । आगामी जून महिनासम्ममा ५६ करोड मानिसलाई भ्याक्सिन लगाउने योजना चीनको छ ।

कोरोना खोप लगाउनेलाई निशुल्क अण्डा उपलब्ध गराउने सरकारी अफरका विषयमा विज्ञापन समेत प्रसारण हुने गरेका छन् ।

त्यसमध्ये एक विज्ञापनमा भनिएको छ, ‘राम्रो समाचार । कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका ६० वर्ष वा सो भन्दा माथिका व्यक्तिहरु अढाई किलो अण्डा प्राप्त गर्न योग्य छन् ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको