९१ वर्षीया उपमेयरले जितिन् कोरोना


६ जेठ,वीरगन्ज । वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । उनी दुई साता अघि कोभिड अस्पताल उद्घाटनकै दिन पहिलो कोभिड संक्रमित भई उपचारार्थ भर्ना भएकी थिइन् । उपमेयर कार्कीको बुधबार स्वाव परीक्षण गर्दा नेगेटिभ आएसँगै उनलाई आज विहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

९१ वर्षीया कार्कीको वीरगन्ज महानगरपालिकाले नै संचालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । मेयर विजयकुमार सरावगीले कार्कीलाई उच्च मनोबलका साथ कोभिड १९ जितेमा बधाई दिएका छन् । मेयर सरावगीले कोरोनाबाट डराएर होइन, डटेर पररास्त गर्न सकिन्छ, यसको जीवन्त उदाहरण उपप्रमुख शान्ति दिदी हुनुहुन्छ भन्दै सामाजिक संजालमार्फत बधाई दिएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको