फाउण्डेसनद्वारा विपद् व्यवस्थापन कोषमा सहयोग


३१ बैशाख , महोत्तरी । विपद् व्यवस्थापन कोषमा बर्दिबास हेल्प फाउण्डेसनले नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले स्थापना गरेको विपद् व्यवस्थापन कोषलाई ५० हजार सहयोग गरेको छ । शुुक्रवार एक कार्यक्रम गरि फाउण्डेसनका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डललाई ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीको दोस्रो लहरसंग देश र जनतालाई बचाउन अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारको हौसला बढाउन र संक्रमित भए उपचारको व्यवस्था मिलाउन विपद् व्यवस्थापन कोष स्थापना गरिएको नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले बताए ।

जनता माध्यमिक विद्यालय बर्दिबासबाट २०४९ सालमा एसएलसी दिएका पूुर्व व्द्यिार्थीहरुद्वारा गठित बर्दिबास हेल्प फाउन्डेसनले पत्रकार महासंघले स्थापना गरेको कोषमा रकम दिने पहिलो संस्था बनेको छ ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले कोषमा रकम दिएर सहयोग गर्न सबै संघसंस्था, बुद्धिजीवि, नागरिक समाज र सरकारलाई अपिल गरेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरशुरु भएयता महोत्तरीका दुई जना संचारकर्मी कोरोनाबाट संक्रमित भइसकेका नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष मण्डलले बताए ।


कोरोना महामारीबाट आफू,परिवार र समाजलाई हुन सक्ने मानविय क्षतिबाट बचाई असल नागरिकको परिचय दिन फाउण्डेसनका अध्यक्ष क्षेत्रीले सबैमा अपिल गरेका छन् । ‘।बिबाह, भोज भतेर, हाटबजार लगायत मानिसको जमघट हुने काम नगरौं र त्यस्ता कार्यक्रममा सहभागी पनि नहौ,’उनले भने,‘कसैलाई पनि कोरोना भएको जानकारी पाएमा आवश्यक सावधानी अपनाएर सहयोग,सद्भाव र उच्च मनोवल काएम राख्न सहयोग गरौ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको