बर्दिवासको व्यापरिले गरे अस्पतालाई अक्सिजन सिलेन्डर सहयोग


३१ बैशाख,बर्दिवास । हाल देशभर तीव्र रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । साथै, उक्त बिरामीका लागि आवश्यक अक्सिजन अभाव भएसँगै बर्दिवासको एक व्यपारि बुुधवार प्राण वायूू अक्सिजन सिलेन्डर लिएर अस्पताल पुुगे ।
कोरोनाका विरामि बढदै गएको खबर सुुनेपछि बर्दिबास अस्पताललाई उद्योगी उमेश साहले ५० थान अक्सिजन सिलेन्डर सहयोग गरेका छन् । बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्कीलाई अस्पताल पुगेर अक्सिजन सिलेन्डर हस्तान्तरण गरेका हुन् ।


महोत्तरीको बर्दिबास क्षेत्र कोरोना महामारीको हटस्पोट बन्दै गएपछि संक्रमितहरुको उपचारका लागि उनले अक्सिजन सिलेन्डर सहयोगमा उपलब्ध गराएका हुन् ।


संक्रमितहरुका उपचारका लागि अक्सिजन अमृत सहर भएकोले आफुले अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेको उद्योगी साहले बताए ।अक्सिजनको अभावमा हस्पिटलको बेडमा कोरोना संक्रमितहरु छटपटाएर ज्यान गुमाएको खवरले दुःखीत बताएको उनले बताए ।
अस्पतालमा अक्सिजन सिलिन्डर पाएपछि संक्रमितको उपचारमा खटिएकाहरु स्वाथ्यकर्मी उत्साहित भएका छन् । ‘हामीलाई अक्सिजन प्राप्तिले काम गर्ने मनोवल बढाएको छ,’डाक्टर सुनिल दाहाले भने ।


अक्सिजन प्रदान गर्ने उद्यागी साहलाई बर्दिबास नगरपालिकाले सम्मान गरेको छ ।प्रदेश सभा सदस्य सारदा थापाले आफ्नो ज्यान बचाउने जिम्म सबैको आफ्नै हातमा रहेकोले कोरोनाबाट बच्न सुरक्षित भएर घरमा बस्नु पर्ने औल्याइन् ।
कोरोना संक्रमण फैलिन नदिन सचेतनामुलक काम गर्नु पर्नेमा इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी बीरेन्द्र थापाले जोड दिए ।महोत्तरीमो जेष्ठ १० गतेसम्मलाई निषेधज्ञा थपिएको छ ।


बर्दिबास अस्पलातलाई कोभिड अस्पतालको रुपमा संचालन गर्न व्यवसायी विष्णु खड्काले माग गरे । ‘अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गर्न प्रदेश २ सरकारसंग जनशक्ति र स्वास्थ्य उपकरण माग गरेका छौं,’मेयर कार्कीले भने,‘अहिले १५ सैयाको आइसुलेसनको संचालनमा छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको