युवाहरुले स्थानीय स्तरबाट चन्दा संकलन गरेर नमूना विद्यालय बनाए


३० बैशाख,बर्दिबास । महोत्तरीका युवाहरुले स्थानीय स्तरबाट चन्दा संकलन गरेर एउटा सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाएका छन् । ग्रामिण भेगमा पर्ने बर्दिबास नगरपालिका वडा नम्बर– ९स्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लालाई उनीहरुले नमूना बनाएका हुन् ।
जनसहयोगी युवा सञ्जाल बर्दिबासमा आवद्ध युवाहरुले ५३ लाख खर्चे विद्यालयमा बगैंचा, खेलमैदान, मञ्च, बालउद्यान निर्माण गरेका हुन् । गत बर्ष असारदेखि नै युवाहरु विद्यालय सुधारमा काम गरिरहेको जनसहयोगी युवा सञ्जालका अध्यक्ष परमेश्वर महतोले बताए । उनका अनुसार विद्यालयको ९० प्रतिशत निर्माणको काम सकिएको छ । सात लाख ऋणमा डुवाका युवाहरु अझै चन्दा उठाएर विद्यालयको शैक्षिक सुधारमा काम गरिरहेका छन् । इन्जिनियर मनोज कुमार महतोले निर्माण गरेको योजना अनुसार विद्यालयमा सौन्दर्यको काम भइरहेको छ ।
नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव तथा युवा पत्रकार एवं समाजिक अभियन्ता राजकरण महतोको परिकल्पणमा विद्यालयमा बालउद्यान तथा चिल्ड्रेन पार्क निर्माण भइरहेको हो । पत्रकार महतोकै समयोजनमा चार बर्ष अघि धुर्मुस सुन्तलीले बर्दिबासमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गरेर चर्चा बटुलेका थिए ।


युवाहरु आफै दिनरात खटेर विद्यालय निर्माणमा जुटेका हुन् । २०३० सालमा स्थापित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला नमूना बन्दैं गएपछि स्थानीयहरु खुशी भएका छन् ।
स्थानीय युवा संचारकर्मी अमृत कुमार महतोको पहलमा विद्यालय नमुना बन्दैं गएको हो । विद्यालयमा एक बर्षको अवधिमा सरकारी तथा स्थानीय स्तरबाट आर्थिक सहयोग संकलन गरेर साँवा करोंडको भौतिक पूर्वधार विद्यालयमा निर्माण भएको हो ।
मनकारी मनको सहयोग, जनता समाजवादी पार्टीका नेता लक्ष्मी महतो, सेभ द चिल्डे«न, बर्दिबास नगरपालिको आर्थिक सहयोग, पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको संसदीय विकास कोषको रकमले विद्यालयमा भौतिक पूर्वधार निर्माण भएको छ ।


विद्यालयले मुहार फरेपछि गाउँलेहरु उत्पाहित भएका छन् भने विद्यार्थीहरु हर्षित भएका छन् । विद्यालयलाई डिजिटल विद्यालय निर्माणको कामलाई अघि बढाइएको छ । विद्यालयमा शिक्षकको पदपूर्ती भएको छ । कक्षाकोठाको अभाव पुरा हुदैं गएको छ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको