
२५ बैशाख,बर्दिवास ।
कोरोना भाइरस नियन्त्रणका लागि बर्दिवासमा चौकमा लियो क्लव अफ बर्दिवासले २४ घण्टा हेल्पडेक्स स्थापना गरेको छ ।
महोत्तरीमा दैनिकि रुपमा कोरोना पोजेटिव बढने क्रम जारीनै छ हाल सम्म ५०० भन्दा बढी संक्रमीत र ८ जनाको मृत्यू भएका हुनाले हामीले केही नियन्त्रणको प्रयास गर्नका लागि यो सेवा दिन लागेको क्लवको अध्यक्ष हेमन्त क्षेत्रीले बताए । उनको एकल प्रयासमा हेल्पडेक्स स्थापना भएको हो । कोरोना भाइरस नियन्त्रणका लागि बर्दिवास नगरपालिकाले चासो नदेखाएपछि स्थापना गरिएको हो ।
महोत्तरीको पूर्वपश्चिम राजमार्ग र विपि राजमार्ग जोडिने यस बर्दिवास चौकमा दैनिकि रुपमा विभिन्न ठाउँवाट मानिसहरुको जमघट हुुने भएकाले र यस्को निकै खाचो देखिएकोे हुनाले यहाँका व्यापारिहरु र स्थानिहरुको सहयोगमा अव कोभिड भरीनै सम्पूर्ण सेवासुविधा सहित सेवा प्रदान गरिने बताए ।
उनका अनुसार यस हेल्पडेक्सका डाक्टर,नर्स सहित अक्सिजन जाँच,ज्वरो चेकजाच र २४ घण्टा एम्वुलेन्स सहितको सेवा प्रदान हुने र आवश्यव परेको खण्डमा हामीलाई खबर गरे लगतै हामी घरघरमा आएर सेवा प्रदान गरिने अध्यक्ष क्षेत्रीले बताए ।