आम जनता उपचार समेत नपाइरहेको अवस्थामा मन्त्रीका आसेपासे खोप लगाउँदै


२१ बैशाख,जलेश्वर (रासस) ः कोरोना महामारीको दोस्रो लहरबाट विश्वजगत आक्रान्त भइरहेको अवस्थामा महोत्तरीबासी आम जनताहरु उपचार पनि नपाइरहेको अवस्थामा जिल्लाका एक मन्त्रीका आसेपासेहरु धमाधम खोप लगाइरहेको पाइएको छ ।
महोत्तरीमा कोरोनाबाट पीडितहरु क्वारेन्टाईन, आइसोलेशन र उपचार पनि पाउन नसकिरहेको बेला जलेश्वर नगरपालिका– ७ निवासी प्रदेश नं.२ को सरकारमा सामाजिक विकास राज्य मन्त्री रहनुभएका अभिराम शर्माका आसेपासेहरु कोभिड–१९ को खोप लगाइरहेका छन् ।
मन्त्री शर्माका आसेपासे दर्जनौ व्यक्तिहरु आज उनको जलेश्वर नगरपालिका– २ स्थित डेरामा लुकेर कोरोना विरुद्धको खोप लगाइरहेका छन् ।
खोप लगाउनेहरुमा मन्त्रीका योजनाहरु चलाउने ठेकेदारहरु, उनका भाइ भारदारहरु, उनका लागि कामकाज गर्ने व्यक्तिहरु, तिनका भाइभारदारहरु, मन्त्रीका अघिपछि गर्नेहरु, स्वीपर, धोबी, खाना पकाउने र उनीसँगै चौक चौराहा तथा संगतमा बस्नेहरु छन् ।
एउटा मन्त्रीले आम जनताका हेरचाह, उपचार र राहतको व्यवस्था गर्नु÷गराउनुको सट्टा आफ्ना आसेपासेमा राज्यको सेवा सुविधालाई सिमिति गर्नु आफैमा लाजको कुरा रहेको जलेश्वरका आम बासीन्दाहरुको गुनासो रहेको छ ।
स्थानीयहरुले मन्त्री शर्मा कहाँबाट खोप ल्याएको र आम जनतालाई उपचार समेत नपाएको अवस्थामा आफ्नो मान्छेलाई खोजी खोजी उनले खोप लगाएको कामलाई तत्काल रोक्न र उनी विरुद्ध आवश्यक कारबाही गर्न प्रदेश नं.२ को सरकारका साथै केन्द्र सरकारसँग माँग गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको