सवारी चालक अनुमति पत्र बनाई दिन्छु भन्दै पैसा असुलि गर्ने पक्राउ


२२ बैशाख,बर्दिवास । महोत्तरीको बर्दिवासमा गैर कानुनी रुपमा पैसा असुल गर्ने एक जना पक्राउ परेको छ ।
बर्दिवासको यातायात व्यवस्था सेवा कार्यालयको सवारी चालक अनुमति पत्र बनाई दिन्छु भन्दै निकै दिन देखि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.९ बस्ने अं वर्ष २३ को बिमल न्यौपानेलाइ सोमबार ईलाका प्रहरी कार्यलय बर्दिवासले पक्राउ गरेको हो ।
उनी बिभिन्न व्यक्तिहरुसंग गैर कानुनी रुपमा पैसा असुल गरी यातायात व्यवस्था सेवा कार्यालय बर्दिबास महोत्तरीको सवारी चालक अनुमति पत्र बनाई दिन्छु भनि सवारी चालक अनुमति पत्रको प्रवेश पत्रमा किर्ते सहिछाप श्रृजना गरी पास भएको भनी दस्तखत समेत गरी ठगी गरेको थियो । प्रहरीका अनुुसार हामीले उनलाइ गोप्य सुुचनाका आधामा पक्राउ गरेको ईलका प्रहरी कार्यलयका प्रहरी निरिक्षक बालिस्टर सिंहले बताए ।

पक्राउ पर्ने न्यौपानेलाइ थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक सिंहले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार