ढल्केवर, धनुषा
धनुषामा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ८ कुसुमबिछौनामा ट्रयाक्टरको ठक्करबाट सोही वडा बस्ने शिवशंकर पुर्वेको अन्दाजी तीन बर्षिय छोरा गौतम पुर्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो अन्दाजी २ बजे प्रदेश १०२००१ त ९०२ नम्बरको ट्रक्याटर जमुनिवासबाट बटेश्वरतर्फ जाने क्रममा सडक छेउमै खेलिरहेका बालक ट्रयाक्टर अगाडि आइपुगेपछि ठोक्किन पुगेको बताइएको छ ।
ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको महोत्तरीको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले बताए ।
ट्रयाक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।