पदम तामाङ्ग
१८ बैशाख,महोत्तरी । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गए पछि महोत्तरिमा मास्कको प्रयोग गर्न छाडेकालाई निशुल्क मास्क वितरण थालिएको छ । भूपू प्रहरी संगठन र ई फास्ट ट्रयाक जिपियस नेपालले अनिवार्य मास्क लगाउन आग्रह गर्दै निशुल्क मास्क वितरण गरिएको हो ।
जिल्लाको बर्दिबास चोक,बजार क्षेत्रमा र विपी राजमार्ग, पूर्व पश्चििम राजमार्ग समेतमा मास्क नलगाइ पैदल यात्रा गर्नेलाई माक्सको महत्तव बारे सम्झाउदै निशुल्क मास्क वितरण गरिएको भूपू प्रहरी संगठनको सचिव राम लामाले बताए ।
दुईदिन देखि कर्मचारी, प्रहरी, व्यापारीका साथै सर्वसाधरण मास्क वितरणमा जुटेका छन् । मास्क नलगाउनेलाई प्रहरी बाट कारबाही समेत गर्न लागाएका उनले भने ।
यता बर्दिवास बजार क्षेत्रमा मास्क नलगाई लखरलखर डुल्नेलाई कारबाही थालिएको छ । ईलाका प्रहरी कार्यालय बर्दिवासले मास्कबिना नै बजार र समुदायमा डुल्नेलाई एक पटकका लागि १ सय रुपैयाँ जरिवाना गर्न थालिएको ईलाका प्रहरी कार्यालय बर्दिवासका(डिएस्पी) विरेन्द्र थापाले बताए ।
प्रहरीले बर्दिवासमा ‘खै मास्क ?’ अभियान नै चलाएको छ । ई फास्ट ट्रयाकका संञ्चालक संतोष तामाङ्गका अनुसार हामीले बर्दिवास नगरपालिका माक्स मुक्त अभियानमा जुटेका छौ । बर्दिवासका स्थानिय सरोकार वला निकायको यस्तो वेलामा पनि कुनै चासो न देखाए पछि हामी यूवाहरु मिलेर यो अभियान सुरु गरेको तामाङ्गले बताए ।
उनका अनुसार हामी बर्दिवास माक्स मुक्त क्षेत्रमा अभियानका आ आफनै स्थानबाट जुटौ र बर्दिवास बजार क्षेत्रका स्थानिहरुलाई यो अभियानमा सारिक भईदिन हुनका लागि सबैलाई आग्रह समेत गरे ।