शंकर महतो
सम्पतिको जननी श्रम हो । तर, व्यवहारमा अकाश जमिनको फरक छ । रातदिन पसिना बगाउने मजदुरलाई सामान्य जीवन जीउन पनि धौं धौं परीरहेको छ । हालै सरकारले कोरोना नियन्त्रणका लागि लगाएको निषेधाज्ञाले पसिना बगाउने श्रमिकहरुको जीवन संकटमा पर्दै गएको छ । राजतन्त्र ढालेका मजदुर गणतन्त्रमा अलपत्रमा छन् । आशा, भरोसा दिने धेरै छन् तर मजदुरहरु सधैंका लागि दरो एवं ढुक्क भएर बस्न सकिरहेका छैनन् ।
आज मजदुर दिवस मनाइरहँदा श्रमिकहरु गरिबीको जालमा फसेका छन् । रोजीरोटीको खोजीमा शहर पसेका मजुरहरु कोरोना कहरले घर न घाटका भएका छन् । शहर बजार खुलेसम्म उनीहरुको श्रम चल्यो । रोगले शहरलाई च्यापन थालेपछि पिउने पानी र खाने गाँससम्म पनि पाउन सकिरहेका छैनन् । काम बन्द छ तर, पसिना बगाउने मजदुरको पेट मानेको छैन । कारोना कहरले शहरको निर्माण कार्य, उद्योग, उत्पादन सबै सबै ठप्प छ । रिक्सामा यात्री राखेर गणतव्यसम्म पु¥याएर बाँच्ने रिक्सा चालकहरुको काम बन्द छ, किन भने शहर बजार चकमन्न बन्दै गएको छ । कोरोना भाइरसको महामारी भन्दा मजदुरलाई भोकमरीले पिरोलेको छ । शहरमा दानापनी नपाएर श्रमिकहरु काठमाण्डौंबाट नाङ्गो खुट्टा हिडेर कैलाली र इलाम पुगेका दृष्य गत बर्ष सडकमा कमिलाको ताँती झै बक्रल्ति देखियो ।
हुनेखानेले पास लिएर कारमा गुडिरहेका छन् । अवाज विहिनहरुको आवाज सुनि दिने कोही छैन । नाङ्गो खुट्टा घर हिंडेका मजदुरहरु तातो घाम, भोको पेट, अनिद्रोले लखतरान छन् । टाउँकोमा पोकोपन्तरो, मनभरी आमावुवाको सम्झना, लालाबाला र प्यारीको माया बोकेर बाटा हिडिरहेका भोका निर्दोष मजदुरहरु पीडाको सिकार भएका छन् । त्यसैले उनीहरु चकमन्न बाटोमा घरतिरको यात्रामा छन् । भोकै भएपनि आफ्नो घरको पिंडीमा आरामले त कम्तिमा परिवारको साथमा बस्न पाइन्छ भन्दै जन्मभूमीमा टेक्न उनीहरुलाई हतारो छ । दुई तिहाईको सरकार मदजुरको दुःख भन्दा पनि सत्ता, पद र गुटगत स्वार्थमा मग्न हुनु कम्युनिष्ट सरकारका लागि दुुर्भाग्य हो ।
श्रमिकको दुःख हेरेर केही नेताले बसबाट घर पु¥याएपनि अझै कामदार बाटैमा अलपत्र छन् । शहरमा खान नदिने र घर पनि जान नदिने यो बीचको अन्यौलताले श्रमिकहरु खालीखुट्टै घरको बाटो तताइरहेका छन् । सरकार जुन किसिमले श्रमिकहरुको समस्या बुझ्नु पर्ने हो त्यो अझै बुझ्न सकेको छैन ।
गरिव तथा विपन्न वर्गको स्वरबाट तन्त्र फेरियो, मतबाट कयौं सरकार बन्यो । तन्त्र र सरकार फेरिए पनि गरिव तथा मजदुरहरुको जीवनमा खाँसै गहिरो छाँप छोड्न सकेको छैन । सरकारले पर्यत्न गरेपनि सफलता हात भने लाग्न सकेको छैन । पुँजीकै भरमा केही मान्छेहरु सम्पति जम्मा गरिरहेका छन । तर, श्रममा विश्वास गर्ने श्रमिकको जीवन उज्यालिएको छैन । उनीहरु दुई गाँस खाना, एक सर्को लुगा र एउटा सपनाको घर बनाउन संघर्षरत छन् । मजदुरी गर्नेहरु झन् झन् गरिव हुदैं गएका छन् । पूँजीपतिहरु तिनै श्रमिकहरुको श्रमबाट धनमाथि धन जम्मा गर्न भ्याएका छन् । यो वर्गीय असमानता आजको यथार्थ हो । नेपाली समाज यो असमानतामा जकडिदै गईरहेको छ ।
नेपाली राजनितिमा मजदुर वर्गको भुमिका महत्वपुर्ण छ । लोकतान्त्रिक प्रक्रियामा कम्युनिष्ट पार्टीलाई तीनै तहको सरकारमा अत्यधिक बहुमतले जिताउनुमा मजदुर वर्गको अहम भुमिका रहेको थियो । तर विडम्वना मजदुरको जीवनमा तात्विक फरक भएको छैन । संसारभरी कपडा उत्पादन गर्ने मजदुरसँग लाज ढाक्ने कपडाको खोजीमै दिनहरु वितिरहेको छ । मजदुरका बच्चाहरुले राम्रो शिक्षा दिक्षा पाएका छैनन । ठुला ठुला विकास आयोजनामा श्रम गर्ने मजदुरसँग विकास उपभोग गर्ने हैसियत पनि छैन ।
मे १ तारिख विश्वभरीका मजदुरहरुको मुख्य दिन हो । जुन भरखरै बितेको छ । अन्तराष्ट्रियरुपमा मनाईने यस मे दिवस मजदुर आन्दोलनको उत्सवको रुपमा मनाईने पर्व हो । यस दिवसको सम्वन्ध सन् १८८६ मा शिकागो शहरमा घटेको हे मार्केट मामलाको घटनासँग रहेको छ । अमेरिकाको शिकागो शहरमा सन् १८८६ मे १ तारिखका दिन लाखौं मजदुरहरुले ८ घन्टा कार्यदिवसको माग राख्दै आम हडताल गरे । त्यसको चौथो दिन अर्थात मे ४का दिन उनीहरु हे मार्केटमा जम्मा भए । पुलिसले जबर्जस्ती कारबाही अगाडि बढायो । भिडमा कसैले वम पड्कायो । पुलिसले अन्धाधुन्द फाइरिङ्ग गर्यो । ८ मजदुर मारिए, ६० मजदुर घाइते भए, कैयन पक्राउ परे भने ४ जनालाई फाँसी चढाइयो ।
सन् १८९१ मा दोस्रो अन्तराष्ट्रियको अधिवेशनले हे मार्केटमा भएको मजदुरमाथिको दमनको विरुद्ध र मजदुरहरुको हकहितको आवाज बोल्दैं मे दिवस मनाउने निर्णय गर्यो । त्यसपछि यो दिवस अन्तराष्ट्रियकरण भयो अनि संसार भर मे दिवस मनाउन थालियो । कार्ल माक्र्स र फ्रेडरिख एंगेल्सले कम्युनिष्ट पार्टीको घोषणा पत्र मजदुर आन्दोलनको पृष्ठभुमिमा तयार पारेका थिए । घोषणा पत्रमा भनिएको छ, संसारका मजदुर एक होऔं ।
कम्युनिष्ट आन्दोलनको आधारभुत वर्ग मजदुर वर्ग हो । यसै वर्गलाई गोलवन्द गरी राज्यसत्ता कब्जा गरेर समाजवादी शासन व्यवस्थामार्फत साम्यवादको दिशातिर लम्क्mिनु कम्युनिष्ट पार्टीको रणनीति हो । त्यसैले मजदुर वर्गले मनाउने पर्व मे दिवससँग कम्युनिष्ट आन्दोलनको नङ्गमासुको सम्बन्ध रहेको छ ।नेपालको कम्युनिष्ट आन्दोलनको प्रारम्भदेखि नै मजदुर आन्दोलन जोडिएको पाईन्छ । वि।सं। २००६ सालमा स्थापित कम्युनिष्ट पार्टीले सुरुदेखि नै कृषि मजदुरलाई गोलबन्द गरी आन्दोलनलाई अगाडि बढाएको थियो । त्यसबेला नेपालमा औद्योगिक मजदुर कम संख्यामा थिए । त्यसैले गाउँमा रहेका कृषि मजदुरलाई वर्ग सचेत बनाउँदै ग्रामिण वर्ग संघर्षको उठान गरिएको पाईन्छ ।
नेपाली समाजको वर्ग चरित्रको बदलावसँगै औद्योगिक मजदुर पनि कम्युनिष्ट आन्दोलनमा देखा पर्न थाले । गणतान्त्रिक आन्दोलनको दर्बियानमा औद्योगिक मजदुरको उल्लेख्य सहभागिता देखिन्छ । सडकमा छरिएका चप्पलहरुले यो कुराको पुष्टि गर्छ । त्यसैले मे दिवसले दिशानिर्देश गरेका मजदुर अधिकारहरु कम्युनिष्ट आन्दोलनका आधारभुत एजेण्डाहरु रहदै आउनु स्वभाविक छ ।
नेपाली मजदुर वर्गको मुक्ति फेरी पनि नेपाली कम्युनिष्ट आन्दोलनबाट नै सम्भव छ । यसो भन्दै गर्दा कम्युनिष्ट पार्टीको सरकारमा मजदुर वर्ग चुप लागेर बस्दा पनि हुन्छ र रु त्यो त विल्कुलै होइन । समस्याको समाधान नभएसम्म निरन्तर मजदुर हस्तक्षेप जरुरी छ । आजको सन्दर्भमा तत्कालिन अवस्थामा मजदुरहरुलाई सव्सीटि प्रदान गरिनु पर्छ । उनीहरुको बच्चाको पठनपाठनमा सुविधा दिइनु पर्छ । उनीहरुका स्वास्थ्य उपचारमा , यातायातमा पनि सुविधा दिइनु पर्छ भने जीवनयापन सहज बनाउन राज्यले विशेषाधिकार प्रदान गरियो भने मजदुर वर्गको सम्वोधन हुन सक्छ ।
मजदुर वर्गलाई दुई भागमा विभाजन गरेर हेर्दा वौद्धिक मजदुर र शारिरीक श्रमिक मान्न सकिन्छ । यी दुवै मजदुरका समस्या एकै हुन सक्दैन । त्यसेलै फरक फरक प्रकारका मजदुर वर्गका समस्याहरु फरक फरक ढंगले सम्बोधन गरिनु पर्दछ । मजदुर वर्गको समस्या ज्युँकात्युँ राखेर मे दिवस मनाउँनुको के अर्थ छ र रु त्यसैले संसारका मजदुरहरु एक होऔं भनेर मजदुर दिवस वा मे दिवस मनाउदै गर्दा उनीहरुका समस्याप्रति गम्भिर हुँदै समस्या समाधानतर्फ अग्रसर हुनु आजको कार्यभार हो । यो कार्यभार सबै कम्युनिष्टहरुले पुरा गर्नु पर्दछ ।
(लेखक महतो वाईसिएल नेपाल प्रदेश नं.–२ का ईन्चार्ज हुन् )