पाँच दिन भित्रमा पिसिआर मेसिन सुचारु हुने – मेयर कार्की


पदम तामाङ्ग
१६ बैशाख,महोत्तरी ।
महोत्तरीको बर्दिवासमा रहेको बर्दिवास अस्पतालमा करोडौंको लगानिमा राखिएको दुुइवटा पिसिआर मेसिन सूचारु नहुँदा कोरोना परिक्षण गराउनेहरु भौतारिरहनु परेको छन ।
अस्पताललाई रोटरी क्लब बर्दिवासले एक थान पिसीआर मेसिन प्रदान गरेको हो र अस्पतालमा बर्दिवास नगरपालिकाले एक थान गरि दुई वटा पिसीआर मेसिन जडान गरिएको बर्दिवास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले बताएका छन् ।

उनका अनुुसार पिसिआर मेसिनमा केही प्रावधिक गडबडी भएको कारणले सुचारु हुनमा ढिलाई भएको हो तर अवको ५ दिन भित्र हामीले जनता माझ सबै सेवा सुविधा सहित पिसिआर मेसिन सुचारु गरि अस्पतालका सबै समस्याहर सामाधान गरिने मेयर कार्कीको भनाई रहेको छ ।
पिसिआर मेसिन रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख विदुर कुमार कार्कीलाई हस्तान्तरण गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको