कोरोनाको दोस्रो लहर तीव्र गतिमा जेलको के छ अवस्था ?


१६ बैशाख

काठमाडौँ ; उपत्यकामा निषेधाज्ञा लागु भएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बिहीबारको दिन अघिदेखि नै देशभरका शैक्षिक संस्थाहरु बन्द गरिएका छन्।

मानिसहरुको भिडभाडलाई कम गरि महामारी रोकथाम गर्न सरकारले यस्ता निर्णयहरु गरेको हो। हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दो छ । बन्द घेराभित्र रहेपनि मानिसको भिडभाड रहने कारागार ‘जेल’को व्यवस्थापनलाई लिएर फेरि चिन्ता सुरु हुन थालेको छ।

कारागार व्यवस्थापन विभागका अनुसार देशभर रहेका कारागारमा २५ हजारको संख्यामा कैदीबन्दी रहेका छन्। जेलको क्षमताभन्दा दोब्बर संख्यामा कैदीबन्दी छन्।

तर विभागका महानिर्देशक द्रोण पोखरेलले कोरोना महामारीको दोस्रो लहर सुरु भएयता देशभर रहेका कारागारमा एक जनामा मात्र कोरोना संक्रमण देखिएको बताए। ‘उपचारका क्रममा अस्पतालमा रहेका डिल्लीबजार कारागारका एक जना कैदीमा पछि परीक्षण गर्दा कोरोना देखिएको छ। त्यसबाहेक कहिँकतै संक्रमण भएको रिपोर्ट प्राप्त भएको छैन’, महानिर्देशक पोखरेलले भने।

कोरोना महामारीको पहिलो लहरमा देशभर ८ सय ६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको र तीमध्ये १२ जनाको ज्यान गएको कारागार व्यवस्थापन विभागले जनाएको छ। हाल देशभर रहेका कैदीबन्दी अधिकांशमा कोरोना खोप पनि लगाइसकिएको विभागले जनाएको छ।

३२ सयभन्दा बढी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा मात्र १२ सय भन्दा बढीले खोपको दुवै डोज लगाएको विभागले जनाएको छ। विभागका महानिर्देशक पोखरेलले कारागारबाट अदालत तथा अस्पताल लैजाँदा र नयाँ आउने कैदीबन्दीबाट कोरोना संक्रमण फैलन सक्ने भएकाले त्यसमा होसियारी अपनाइएको जानकारी दिए।

‘कारागारमा कसैलाई संक्रमणको संकेत देखिए उनिहरुलाई आइसोलेट गर्ने गरिएको छ’, उनले भने।

तीव्र गतिमा कोरोनाको दोस्रो लहरः खचाखच जेलको के छ अवस्था ?

काठमाडौँ ः उपत्यकामा निषेधाज्ञा लागु भएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बिहीबारको दिन अघिदेखि नै देशभरका शैक्षिक संस्थाहरु बन्द गरिएका छन्।

मानिसहरुको भिडभाडलाई कम गरि महामारी रोकथाम गर्न सरकारले यस्ता निर्णयहरु गरेको हो। हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दो छ । बन्द घेराभित्र रहेपनि मानिसको भिडभाड रहने कारागार ‘जेल’को व्यवस्थापनलाई लिएर फेरि चिन्ता सुरु हुन थालेको छ।

कारागार व्यवस्थापन विभागका अनुसार देशभर रहेका कारागारमा २५ हजारको संख्यामा कैदीबन्दी रहेका छन्। जेलको क्षमताभन्दा दोब्बर संख्यामा कैदीबन्दी छन्।

तर विभागका महानिर्देशक द्रोण पोखरेलले कोरोना महामारीको दोस्रो लहर सुरु भएयता देशभर रहेका कारागारमा एक जनामा मात्र कोरोना संक्रमण देखिएको बताए। ‘उपचारका क्रममा अस्पतालमा रहेका डिल्लीबजार कारागारका एक जना कैदीमा पछि परीक्षण गर्दा कोरोना देखिएको छ। त्यसबाहेक कहिँकतै संक्रमण भएको रिपोर्ट प्राप्त भएको छैन’, महानिर्देशक पोखरेलले भने।

कोरोना महामारीको पहिलो लहरमा देशभर ८ सय ६ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको र तीमध्ये १२ जनाको ज्यान गएको कारागार व्यवस्थापन विभागले जनाएको छ। हाल देशभर रहेका कैदीबन्दी अधिकांशमा कोरोना खोप पनि लगाइसकिएको विभागले जनाएको छ।

३२ सयभन्दा बढी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा मात्र १२ सय भन्दा बढीले खोपको दुवै डोज लगाएको विभागले जनाएको छ। विभागका महानिर्देशक पोखरेलले कारागारबाट अदालत तथा अस्पताल लैजाँदा र नयाँ आउने कैदीबन्दीबाट कोरोना संक्रमण फैलन सक्ने भएकाले त्यसमा होसियारी अपनाइएको जानकारी दिए।

‘कारागारमा कसैलाई संक्रमणको संकेत देखिए उनिहरुलाई आइसोलेट गर्ने गरिएको छ’, उनले भने।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको