दुई दिनमा सात जनाको मृत्यु वीरगञ्‍ज।


Deep Diamond

 

१५ बैशाख,

वीरगञ्‍जमा मंगलबार मात्रै कोरोनाले मृत्यु हुनेको संख्या ४ पुगेको छ ।   कोभिड (१९ संक्रमणले मंगलबार बेलुकी थप एक जनाको मृत्यु भएको छ  । वीरगञ्‍जको नारायणी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिका( २ का ७२ वर्षीय बृद्धको मंगलबार बेलुकी साढे ७ बजे मृत्यु भएको हो ।

सोमबार नै उनको स्वाब संकलन गरि एन्टिजेन विधिबाट कोभिड परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो स्वास्थ्यमा समस्या आएपछि उनलाई सोमबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अवस्था झन जटील बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मंगलबार बेलुकी साढे ७ बजे मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डा। सरोज रोशन दासले जानकारी दिए ।

मंगलबार नै वीरगञ्‍जको नारायणी अस्पतालमा उपचाररत बाराको परवानीपुरका ४५ वर्षीय संक्रमित पुरुष, वीरगञ्‍ज महानगरपालिका(२५ सिर्सियाकी ६५ वर्षीया संक्रमित महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिका(२ की ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको थियो । वीरगञ्‍जमा मंगलबार र सोमबार गरि दुई दिनमा कोभिडले ७ जनाको मृत्यु भएको छ ।

सोमबार पनि वीरगञ्‍जमा ३ जना संक्रमतिको मृत्यु भएको थियो । कोभिडको दोश्रो लहर शुरु भएयता वीरगञ्‍जमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । वीरगञ्‍जको नारायणी अस्पतालमा १४ जनाको, नारायणी बयोधा अस्पतालमा ३ जनाको र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

मृतक १८ जना मध्ये पर्साका १३ जना , बाराका ४ र सर्लाहीका १ जना हुन् । वीरगञ्‍जको नारायणी अस्पतालमा अहिले पनि ५४ जना संक्रमितको उपचार भइराखेको छ । ती सबैको अवस्था जटील रहेकाले अक्सिजन लगाएर राखिएको डा। दासले बताए । ती मध्ये ५ जनाको भने अवस्था जटिल रहेको पनि उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको