
बर्दिबास, महोत्तरी
महोत्तरीको बर्दिवासमा रहेको बर्दिवास अस्पतालमा करोडौंको लगानिमा खरिद गरिएको दुुइवटा पिसिआर मेसिन सूचारु नहुँदा कोरोना परिक्षण गराउनेहरु भौतारिरहनु परेको छ । कोरोना भाइरस संक्रमण परिक्षण गर्न एक करोड बढीमा खरिद गरिएको दुुइवटा पिसिआर मेसिन जनशक्तिको अभावमा गत फागुन महिनादेखि ठप्प छ ।
बर्दिबास नगरपालिकाले गएको भदौ महिनामा सवा करोडको लगानीमा दुई वटा पिसिआर मेसिन खरिद गरेर कोरोना भाइरस संक्रमण परिक्षण सुरु गरेको थियो ।
अहिले दोस्रो चरणको कोभिड संक्रमितको संख्या बढिरहँदा पनि बन्द रहेको पिसिआर मेसिन सञ्चालनमा ल्याउन सरोकारबाला निकायले कुनै चासो देखाएको छैन । जसले गर्दा कोरोना भाइरस संक्रमण परिक्षण गराउनेहरु भौतारिरहेका छन् ।
बर्दिबास प्रदेश नम्बर २ को अस्थायी राजधानीको मुुख्य प्रवेशद्वार तथा देशैभरिका प्रमुख सहर जाने नाकाको रुपमा रहेको छ । यहाँ भारत प्रवासमा रहेका तथा कामको शिलसिला भारत गएका नेपाली नागरिक भित्रिने क्रम पनि बढेको छ । जसले गर्दा बर्दिबासबासीमा एक किसिमको त्रास भैलिएको छ ।
बर्दिवासलगायत जिल्लाको अधिकांस पालिकाका स्थानीय कहिले यो मेसिन सञ्चालन आउँछ भनि प्रतिक्षामा छन् ।
बर्दिवास अस्पतालमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा, उदयपुर, सिन्धुलीसहितका जिल्लाका सर्वसाधारणले स्वाब परीक्षणको सेवा लिदै आएका थिए । विश्व भरिनै कोभिड बढ्दो क्रममा रहेको छ तर पिसिआर सुुचारु नहुुनु बर्दिवास नगरपालिकाका मेयर विदुुर कुमार कार्कीले पालिकाका भौतिक काम काज र आर्थिक वर्षको बजेट सकाउनमा व्यस्त रहेको आरोप स्थानीयले लगाएको छ ।
पहिलो चरणमा खटिएका कर्मचारीलाई कोभिड भत्ता नपाएकाले अहिले दोस्रो चरणको कोभिडको बेलामा कुनै कर्मचारी काम गर्न मानेका छैनन् । पिसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापनमा स्थानीय सरकारले पनि कुनै पहल नथालेको अस्पतालका निमित्त प्रमुुख सुुनिल कुुमार दाह बताए ।
बर्दिवास नगरपालिकाभित्र पहिलो चरणमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको र पछि ‘एक घर एक व्यक्ति’का दरले परीक्षण बढाउँदै लगिने मेयर कार्कीको भनाई यतिखेर भाषणमै सिमिति हुन पुगेको बर्दिवास नगरपालिका ९ बस्ने रामचन्द्र महतोको भनाई छ ।