
१२ बैशाख ।
काठमाडौँ : हालकै दरमा कोरोना सङ्क्रमित थपिएमा अस्पतालमा बिरामी राख्ने ठाउँसमेत नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।
एक सूचना जारी गर्दै मन्त्रालयले आइतबार सङ्क्रमणको चक्र रोक्न नसकिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने बताएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको जनाइएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि कुनै पनि औषधी विकास नभइसकेकाले अहिलेका लागि रोकथाम गर्न सरकारले तोकेका मापदण्ड पालना गर्नु अति आवश्यक भएको मन्त्रालयले जनाएको छ ।