टिभिका क्यामारापर्सन कूूटिए : प्रहरीको दादा गीरी


Deep Diamond

११ बैशाख ,बर्दिबास।
शनिबार दिउसो करिब २ बजेको समयमा दंगा प्रहरी नियन्त्रण कार्यालय ढल्केबर धनुषाका इन्स्पेक्टर धर्मेश कुमार यादवले माक्स नलगाएको बिषयलाई लिएर टक नेपाल अनलाई टिभीका क्यामरापर्सन अनुराग कुमार यादवलाई महोत्तरीको बर्दिबासमा प्रहरीले कुटपीट गरेकोे छ ।

घटनाप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । क्यामरापर्सन यादवलाई नियन्त्रणमा लिई बर्दिबासस्थित भोला बसन्त चौकमा रहेको प्रहरी विट भित्र लगेर दुव्र्यहार तथा कुटपीट गरेको पीडितको भनाई छ । क्यामरापर्सन यादव माक्स किन्न हस्पिटल जाँदै गर्दा प्रहरीले कुटपीट गरेका थिए ।

क्यामरापर्सन यादवमाथि प्रहरी गरेको कुटपीटको घटनालाई नेपाल पत्रकार महासंघले घोर निन्दा र भत्सर्ना गरेको छ । ‘कानुनको रक्षक प्रहरीबाट भएको गैरजिम्मेवारीपूर्ण घटना महासंघलाई किमार्थ स्वीकार्य छैन,’महासंघ महोत्तरीका सचिव राजकरण महतोद्वारा जारी गरिएको प्रेस बिज्ञप्तीमा भनिएको छ,‘ घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग जोडदार माग गर्दछ ।

राज्यको यो अनुदार कार्यशैलीले बाँच्न पाउने नागरिकको हक पनि प्रहरीले खोसेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।पत्रकारमाथि गरिने सबै खालको दमनको तत्काल अन्तय गर्न महासंघले सरकार र सरकारका मातहातका अन्य निकायसंग आग्रह गरेको छ ।

पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी बीरेन्द्र थापालाई भेटेर घटना बारे जानकारी लिएका छन् । डीएसपी थापाले पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको